शान्तिपूर्ण निर्वाचनको प्रत्याभूति गराउन सक्नुपर्छ : राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि वातावरण सुनिश्चित गर्न सुरक्षा निकायहरूलाई सक्रिय र दृढ रूपमा प्रस्तुत हुनुपर्ने बताएका छन् । शनिबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित छलफलमा राष्ट्रपति पौडेलले चारै सुरक्षा निकायका प्रमुखहरूलाई सम्बोधन गर्दै आम नागरिक र राजनीतिक दललाई विश्वास दिलाउन सक्ने गरी शान्ति सुरक्षाको प्रत्याभूति गर्न आग्रह गरे । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरू पनि छलफलमा सहभागी थिए ।
राष्ट्रपति पौडेलले भदौ २४ गते लुटिएका हतियार र भागेका कैदीहरू अविलम्ब पक्राउ गरी कानुनी दायरामा ल्याउन सबैले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका राष्ट्रपतिको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । छलफलमा सहभागी प्रधानमन्त्री कार्कीले चुनाव स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउँदै सुरक्षा निकायका लागि आवश्यक सम्पूर्ण साधनस्रोत उपलब्ध गराउने प्रतिबद्धता जनाइन् । सुरक्षा निकायका प्रमुखहरूले विगतमा पनि जटिल परिस्थितिमा निर्वाचन सम्पन्न गरिसकेको स्मरण गराउँदै अहिलेको निर्वाचनका लागि पूर्ण तयारी अवस्थामा रहेको जानकारी दिएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
नेपाल-भारत पारस्परिक कानुनी सहायता सम्झौता संसद्मा पेश
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नेपाल सरकार र भारत सरकारबीच भएको ‘फौजदारी मामिलामा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश गरेकी छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा मन्त्री गौतमले न...
राष्ट्र निर्माणका निम्ति एकजुट बन्न प्रधानमन्त्रीको आग्रह
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले ७६औं प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै २००७ सालको क्रान्तिले रैतीबाट नागरिक बनाए पनि २०१५ सालम...
ओलीको आइसियुमा उपचार जारी, स्वास्थ्यमा सुधार
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सघन उपचार कक्ष आइसियुमा उपचार जारी रहेको छ । सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पित्तथैलीको शल्यक्रिया गरिएका ओलीको आइसियुमा उपचार जारी रहेको हो । ओलीको स्वास्थ्य क्रम...
एमाले महाधिवेशन : ओलीको खल्तीमा पदाधिकारी र केन्द्रीय सदस्यको सूची
काठमाडौँ । जेनजी विद्रोहका कारण सत्ताबाट बर्हिगमनमा परेको नेकपा एमालेको ११ औं महाधिवेशन आउन अब नौ दिनमात्रै बाँकी छ । महाविधेशनको तयारी तीव्र रुपले चलिरहँदा आगामी नेतृत्वका विषयमा पनि तीव्र चासो बढ्न थालेको छ । यो महाध...
रबि, बालेन र कुलमानबीच शनिबार एकता घोषणा हुने
काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँका मेयर बालेन शाह र ऊर्जा मन्त्री कुलमान घिसिङले एउटै पार्टी गठन गर्ने विषयमा सहमति जुटाएका छन् । स्रोतहरूका अनुसार, नयाँ पार्टी निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । तीन नेताबीचको एकता अब चु...
निर्वाचन नभएको भए मुलुक अर्को ठुलो दुर्घटनामा जान्थ्यो : प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कम्युनिस्ट पार्टी नेकपालाई निर्वाचन सफल पार्न भूमिका खेलेको भन्दै धन्यवाद दिएकी छन् । नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नारायणकाजी श्...



