असारमा सुस्त बनेको रोपाइँ सक्रिय मनसुनसँगै साउनमा ह्वात्तै बढ्यो !
काठमाडौँ । लगातारको मनसुनी वर्षापछि नेपालमा धान रोपाइँको रफ्तार ह्वात्तै बढेको छ । यस वर्ष नेपालमा मनसुनको सुरुआती चरण सुस्त हुँदा रोपाइँ गत वर्षको तुलनामा निकै कम भएको थियो । मनसुन ढिलो सक्रिय भए पनि असारको मध्यपछि मनसुनी प्रणाली देशभर पूर्ण रूपमा सक्रिय भएसँगै धान रोपाइँको गति बढेको हो ।
असारको दोस्रो सातासम्म पर्याप्त वर्षा नहुनुका साथै सिँचाइ सुविधाको अभावका कारण कुल रोपाइँयोग्य भूभागको आधा हिस्सामा पनि रोपाइँ हुन सकेको थिएन । तर, असार १५ गतेपछि देशभर व्यापक रूपमा मनसुनी वर्षा सुरु भई साउनको पहिलो साता बित्दा नबित्दै रोपाइँको रफ्तार सोचेभन्दा निकै तीव्र बनेको कृषि विभागले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १ हजार ४५७ पुग्यो
काठमाडौँ । भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या १ हजार ४५७ पुगेको छ। प्रहरी प्रधान कार्यालयले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढीमा गम्भीर घाइते भएका दुई जनाको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको जनाएको छ।
प्रहरीका अनुसा...
आज विश्व मौसम विज्ञान दिवस मनाइँदै
काठमाडौँ । आज विश्व मौसम विज्ञान दिवस मनाइँदै छ । जलवायुसम्बन्धी समस्याबाट समाजलाई सुरक्षित राख्न चेतनामूलक गतिविधिका साथ यो दिवस आज विश्वभर मनाइने छ ।
सन् १९५० मा विश्व मौसम विज्ञान संगठन स्थापना गर्ने महासन्धि लागू भएको सम्झनामा यो दिवस मन...



