'कविता एन्ड द कप'मा कविहरू !
मिडियाबाजी डटकम काठमाडौँ ।
• बागबजारको युनिटी फुड एन्ड क्याफेमा 'Kavita & the Cup' को तेस्रो शृङ्खला सम्पन्न भयो ।
•यस शृङ्खलामा कविता वाचन ,टिप्पणी र विमर्शको अनौपचारिक आयोजना प्रसिद्ध कवि,आख्यानकार र सम्पादक अविनाश श्रेष्ठको उपस्थितिमा भयो। श्रेष्ठले 'भोलिको गीत' पर्या कविता 'सतरूपा' जस्ता दुई बेजोड कविता वाचन गर्दै कवितालाई "सस्तो र सजिलो बुझ्नु हुँदैन ।पहिले जसरी सबै विषयमा कविता लेखिन्थ्यो ।अहिले झन् लेख्न सकिन्छ ।मान्छेलाई केन्द्रमा राखेर धेरै कविता लेखियो ।संसार मान्छेको मात्रै होइन ,सबै प्राणीको हो।कविता अब वातावरणमैत्री भएर सबैका लागि लेखिनुपर्छ ।कवितामा जादुमय शक्ति हुन्छ" भन्ने धारणा राख्नुभयो ।
•'Kavita & the Cup'का सूत्राधार प्रसिद्ध युवाकवि केशव सिलवालले यसको उद्देश्य बारे प्रष्ट पार्दै "दशकौँ पुरानो पुल " शीर्षकको कविता वाचन गर्नुभयो ।यस्तै प्राज्ञ चेतनाथ धमलाले 'भ्रम' र एक टुक्रा गरी दुइवटा लघुकविता र कृष्णकिसु न्यौपानेले "सहरको रङ्ग र सडकको आँसु" जस्ता कविता वाचन गर्नुभयो ।
•यसैगरी कविहरू मिथोच,रीमा केसी ,सीता तुम्खेवा,प्रकाश गुँरागाई,युग सर्वनाम,सञ्जित फलाना,रजनी मिला लगायतले कविता वाचन गर्नुभयो । कवि चन्द्रवीर तुम्बा्प्पेले कवितामा प्रयुक्त भएका जारजन र कवित्व बारे प्रकाश पार्नुभयो ।साथै ,कवि मोक्तान थेवेले कार्यक्रमको उद्घोषणसहित कविता वाचन गर्नुभयो । एक आपसमा वाचित कवितामाथि विशद् विमर्श समेत भयो।
एक्सप्रेस
सम्बन्धित खबर
नेपाल प्रज्ञा–प्रतिष्ठानको कुनै पनि पदमा नजाने साहित्यकार रामलाल जोशीको घोषणा
काठमाडौँ । साहित्यकार रामलाल जोशीले नेपाल प्रज्ञा–प्रतिष्ठानको सदस्य–सचिव बन्न आफूले कुनै पहल नगरेको र अन्ततः आफूलाई प्रस्ताव गरिएको पद पनि अस्वीकार गरेको स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जालमार्फत विस्तृत धारणा सार्वजनिक गर्दै उनले पछिल्ला दि...
गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक
स्रष्टा छुकांको ‘ताथली, भूगोलदेखि लोकसंस्कृतिसम्म’ लोकार्पण
काठमाण्डौँ । इतिहास विगतको दर्पण मात्र होइन, समाजको साझा स्मृति पनि हो। यसका साथै संस्कृति परम्पराभन्दा बढी पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको जीवनपद्धति हो । जब यी दुवैलाई समयमै अभिलेखीकरण गरिँदैन, समाजले आफ्नो मौलिक परिचय पनि बिस्तारै गुमाउँदै जा...
नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा १९ जना स्रष्टालाई प्रज्ञा पुरस्कार-२०८२ समर्पण !
काठमाडौँ ,कमलादी। २०८३ वैशाख १८ गते ,बिहीवार। •भाषा,साहित्य ,संस्कृति ,दर्शनशास्त्र र सामाजशास्त्र लगायतका विधामा साधनारत १९ जना विशिष्ट स्रष्टालाई नेपाल प्रज्ञा- प्रतिष्ठानले प्रज्ञा पुरस्कार-२०८२ समर्पण गरेको छ।
प्रज्ञा-प्रतिष्ठानमा पुस्तकालयको महत्त्व र पठनसंस्कृति बारे विमर्श सम्पन्न !
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीद्वारा नेपाल लाइब्रेरी फाउन्डेसन,नेपालसँगको सहकार्यमा आयोजित “पठन–संस्कृतिको विकासमा सामाजिक दायित्व” विषयक विचार–गोष्ठी तथा “शब्दचित्रमा नेपाल लाइब्रेरी फाउन्डेसन&rdqu...
भक्तपुरमा मुक्तक लेखन तथा वाचन कार्यक्रम सम्पन्न !
• दुर्बिन शर्मा 'विवेक'
भक्तपुर ।मुक्तकसागर र प्रोक्सिमा इन्टरनेसनल एकेडेमीको संयुक्त आयोजनामा विद्यार्थीहरूबिच मुक्तक लेखन तथा वाचन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको सञ्चालन एकेडेमीका रा...



