शुक्रबार, १३ कात्तिक २०८३
नेपाली

प्रहरीको रातभर ‘अपरेशन सेफ्टी’: गुण्डागर्दीमा संलग्न पाँच, विमानस्थलबाट १८ जना समातिए

Main News Image

काठमाडौँ । काठमाडौँ प्रहरीले गएराति ‘अपरेशन सेफ्टी’ सञ्चालन गरी उपत्यकाका विभिन्न ठाउँमा गुण्डागर्दीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ भने विमानस्थलमा यात्रुलाई दुःख र हैरानी दिने १८ जना पनि नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार प्रहरीले गए राति ‘अपरेशन सेफ्टी काठमाडौँ’ चालाएर बौद्धमा श्याम लामा समूहमा रहेर गुण्डागर्दी गर्दै आएका ‘डिम्पल’ भनिने प्रवीण तामाङलाई पक्राउ गरेको हो ।

यस्तै काठाडौँको कलङ्की–बाफल क्षेत्रमा गुण्डागर्दी गरेको आरोपमा बिर्जु महर्जन, कलङ्कीकै बस टिकट काउन्टर–पेट्रोलपम्प क्षेत्रमा गुण्डागर्दी गर्ने सुजन कार्की, स्युचाटार क्षेत्रमा गुण्डागर्दीमा संलग्न सरू हुमागाईंलाई र बौद्ध क्षेत्रमा लुटपाट तथा गुण्डागर्दीमा संलग्न बिकी लामालाई पक्राउ गरिएको भट्टराईले बताए । 

यसैबीच राति नै त्रिभुवन विमानस्थल क्षेत्रबाट यात्रुलाई दुःख हैरानी दिने, आफूले चिनेको होटलमा लैजाने र यात्रु र होटलबाट कमिशन खाने १८ जनालाई पनि पक्राउ गरिएको प्रवक्ता भट्टराईले बताए ।


mediabaaji add

सम्बन्धित खबर

चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाण्डौँ । आउँदो प्रतिनिधि सभाको निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । घाइते सुरक्षाकर्मीको उपचार गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् । बुधबार...

“दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” अन्तर्गतको छैटौँ दिन सचेतनामूलक विविध कार्यक्रम सम्पन्न

काठमाण्डौँ । “सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” अन्तर्गतको  आज  छैटौँ  दिन ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा  सचेतनामूलक विविध कार्यक्रम गरेको  छ ।  

आजको कार्यक्रम  अन्त...