काठमाडौंमा श्रृंखलावद्ध चोरी गर्नेलाई प्रहरीले गोली हानेर समात्यो
काठमाडौँ । काठमाडौं महानगरपालिका-६, बौद्ध टुसालस्थित रिन्जी लामाको घरबाट करिब १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरको ६५ तोला सुन तथा चाँदीका गहना चोरी गर्ने व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेर पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धको टोलीले नेपालगञ्ज घर भएका प्रेम थारुलाई गएराति नागार्जुन नगरपालिकाको महांकालबाट नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेपछि प्रहरीले खुट्टामा एक राउण्ड गोली प्रहार गरेर नियन्त्रणमा लिएको हो ।
प्रहरीको गोली लागेर घाइते थारुको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरी अनुसन्धानका अनुसार थारु मंगलबार दिउँसो १२ बजेतिर रिन्जी लामाको घरमा प्रवेश गरेका थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण
काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर फेला पारी सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ । आज काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानी...
महानिरीक्षक सचिवालयले भन्यो_भ्रम फैलाउनेलाई कारबाही गर्छौं
काठमाडौँ । प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्कीमाथि ‘राजीनामाको दबाब बढेको’ भन्ने विषयमा प्रहरीले ध्यानाकर्षण भएको जनाएको छ। आईजीपी कार्कीको सचिवालयले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार तथा टिप्पणीक...



