झन् बढ्यो काठमाडौँमा प्रदूषण
काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्न थालेको छ । पछिल्ला केही दिनयता मौसम धुम्मिदै जाँदा वायु प्रदूषण पनि बढ्न थालको हो । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयसम्म वर्षा नहुनु, हावा नचल्नुलगायत कारणले मौसम धुम्मिएको बताउँदै यसले प्रदूषण बढाउन मद्दत गरेको उल्लेख गरे ।
“लामो समयदेखि वर्षा हुन सकेको छैन, हावा पनि चलेको छैन । त्यसैले केही दिनयता मौसम धुम्मिएको छ”, उनले भने, “गत वर्षको तुलनामा यस वर्ष प्रदूषण केही कम छ । वन डढेलो नलागेसम्म प्रदूषण अत्यधिक रूपमा भने बढ्ने छैन ।”
एयर क्वालिटी इन्डेक्स ९एक्यूआई० अनुसार आज मध्याह्नसम्म काठमाडौँ उपत्यकाको वायु गुणस्तर सूचकाङ्क १८६ पुगेको छ । यससँगै काठमाडौँ विश्वको चौथो प्रदूषित सहरका रूपमा सूचीकृत भएको वातावरणविद् भूषण तुलाधारले जानकारी दिए । प्रदूषण नियन्त्रणका लागि समयमा पूर्वतयारी आवश्यक पर्ने बताउँदै उनले घरबाट निस्कने फोहरको उचित व्यवस्थापन, डढेलो नियन्त्रण, सवारीसाधनको धुँवा परीक्षण, मापदण्डको कडाइका साथ कार्यान्वयन गर्न सके प्रदूषण नियन्त्रणमा मद्दत पुग्ने धारणा राखे । एक्यूआईको मापदण्डअनुसार शून्यदेखि ५० सम्म ‘राम्रो’ मानिन्छ भने ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ श्रेणीमा पर्दछ ।
एक्सप्रेस
सम्बन्धित खबर
रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले
रौतहट । चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका छन् । यो रोगले चन्द्रपुर नगरपालिका–५ राजपेडा गाउँका हरि गुरोका १४ वटा बङ्गुर मरेका पशु चिकित्सक डा सुलभ चौधरीले बताएका छन् । एक साताको अन्तरालमा १४ वटा बङ्गुर मरेका कि...
पाल्पामा एआई प्रविधिबाट क्षयरोगी खोज अभियान सञ्चालन
काठमाडौँ । पाल्पाको पूर्वखोला गाउँपालिकामा आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० एक्सरे प्रविधिमार्फत क्षयरोगी पहिचान गर्ने अभियान सञ्चालन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा वीरकोट र सिलुवा स्वास्थ्य चौकीमा शिविर आयोजना गरी परीक्षण गरिएको हो...
काठमाडौं बन्यो विश्वको सातौं प्रदूषित सहर, पानी नपरेसम्म वायु प्रदूषण झनै बढ्ने सम्भावना
काठमाडौँ । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको छ । हावाको गुणस्तर मापन गर्ने ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज मध्याह्नसम्म काठमाडौं उपत्यकाको वायु प्रदूषण १७५ एक्युआई पुगेको छ । आज काठमाडौं विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये...
आइतबार पनि ओपीडी सेवा खुला राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको दिन आइतबार समेत ओपीडी सेवा सञ्चालन गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले दुई दिनको बिदाका कारण स्वास्थ्य सेवा प्रभावित हुन सक्ने भन्दै आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निका...
मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह
काठमाडौँ । काठमाडौं उपत्यकामा वायु प्रदूषण ह्वात्तै बढेको छ। पछिल्ला केही दिनयता मौसम धुम्मिँदै जाँदा वायु प्रदूषण पनि बढ्न थालको हो । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयसम्म वर्षा नहुनु र हावा नचल्नुका कारण मौसम धुम्मिदा प्रदूष...
चारवटा विद्यालयमा ‘साना डाक्टर कार्यक्रम’ सञ्चालन गर्दै काठमाडौं महानगर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बालबालिकाहरुमा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवर्धन गर्न विद्यालयहरुमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्ने भएको छ। यसको प्रारम्भ चारवटा सामुदायिक विद्यालयहरुमा नमूना कार्यक्रममार्फत हुने महानगरपालिकाका कार्यवाहक...



