पोखरामा प्रचण्ड–माधवलाई सडकमा सभा नगर्न व्यवसायीको खबरदारी
पोखरा । पोखराका व्यवसायीले सडकमा सभा गर्दा व्यवसायमा असर पर्ने भन्दै विरोध गरेका छन् । नेपाली कम्युनिस्ट पार्टी नेकपाले पोखराको मानवअधिकार चोकमा गर्ने भनेको एकता सभास्थलमा व्यापारीहरूले विरोध जनाएका हुन् । उनीहरूले ‘गरी खान देऊ’ भन्ने माग सहित विरोध प्रदर्शन गरेका छन् । सभाका कारण व्यापारमा असर परेको भन्दै उनीहरु पर्चा र पम्प्लेटसहित सभास्थलमा उत्रिएका थिए ।
चिप्लेढुंगा सिद्धार्थचोक व्यवसायी समितिका अध्यक्ष दुर्गा सुनारले केही रकमका लागि सडक बेचिएको आरोप लगाए । उनले व्यवसायीको ध्यान नदिई कार्यक्रमलाई सडक दिँदा मन्दी खेप्नुपरेको बताएका छन् ।व्यवसायीहरूले मेयर धनराज आचार्यको समेत विरोध गरेका छन् ।
यसअघि नै महानगरलाई ज्ञापनपत्र बुझाएर त्यस ठाउँमा कार्यक्रम नगरिदिन धेरै पटक आग्रह गरेपनि सुनुवाइ नभएको सुनारले बताए । सभालाई पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह संयोजक माधवकुमार नेपाल लगायत शीर्ष नेतृत्वले सम्बोधन गर्नेछन् ।
व्यवसायीले विरोध गरेपछि केही समय नेकपाका कार्यकर्तासँग भनाभन भएको थियो ।
कार्यक्रमको विरोधमा व्यवसायीहरूले आफ्नो व्यवसायको सटर तानेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
सोपान फर्मास्यूटिकल्सको आईपीओ निष्कासन मिति परिवर्तन, अब कहिलेदेखि खुल्छ ?
काठमाडौँ । सोपान फर्मास्यूटिकल्सले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको आईपीओको निष्काशन मिति परिवर्तन भएको छ । २०८३ बैशाख २ गतेदेखि ६ गतेसम्म निष्कासन गर्ने लागेको आईपीओ निष्काशन गर्न लागेको आईपीओ अब ३ गतेदेखि खुला हुने भएको हो । सरकार सरकारी क...
बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यता, चाँदी तोलामा ५० रुपैया...
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७३ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ...
भोटेकोशी बाढीबाट विद्युत् क्षेत्रमा ठूलो क्षति, ४३१ मेगावाटका १२ आयोजना बन्द
काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण देशको कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत प्रभावित भएको छ। बाढीले विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुर्याएपछि विद्युत् आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।...
जलविद्युत् आयोजनाहरूको व्यावसायिक उत्पादन मिति थप गरिँदै
काठमाडौँ । विद्युत् खरिद-बिक्री सम्झौता पीपीए भइसकेर पनि विभिन्न कारणले अझै व्यावसायिक उत्पादन सुरु गर्न नसकेका जलविद्युत् आयोजनाहरूको व्यावसायिक उत्पादन सुरु गर्ने अन्तिम मिति आरसीओडी थप गर्ने तयारी नेपाल विद्युत् प्राधिकरणले गरेको छ ।
प्रा...
आजको विदेशी मुद्राको विनिमय दर : डलर, युरो र पाउन्डको भाउ कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा कायम भएको छ ।
यस्तै, युरोपियन युरो एक...



