पोखरामा प्रचण्ड–माधवलाई सडकमा सभा नगर्न व्यवसायीको खबरदारी
पोखरा । पोखराका व्यवसायीले सडकमा सभा गर्दा व्यवसायमा असर पर्ने भन्दै विरोध गरेका छन् । नेपाली कम्युनिस्ट पार्टी नेकपाले पोखराको मानवअधिकार चोकमा गर्ने भनेको एकता सभास्थलमा व्यापारीहरूले विरोध जनाएका हुन् । उनीहरूले ‘गरी खान देऊ’ भन्ने माग सहित विरोध प्रदर्शन गरेका छन् । सभाका कारण व्यापारमा असर परेको भन्दै उनीहरु पर्चा र पम्प्लेटसहित सभास्थलमा उत्रिएका थिए ।
चिप्लेढुंगा सिद्धार्थचोक व्यवसायी समितिका अध्यक्ष दुर्गा सुनारले केही रकमका लागि सडक बेचिएको आरोप लगाए । उनले व्यवसायीको ध्यान नदिई कार्यक्रमलाई सडक दिँदा मन्दी खेप्नुपरेको बताएका छन् ।व्यवसायीहरूले मेयर धनराज आचार्यको समेत विरोध गरेका छन् ।
यसअघि नै महानगरलाई ज्ञापनपत्र बुझाएर त्यस ठाउँमा कार्यक्रम नगरिदिन धेरै पटक आग्रह गरेपनि सुनुवाइ नभएको सुनारले बताए । सभालाई पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह संयोजक माधवकुमार नेपाल लगायत शीर्ष नेतृत्वले सम्बोधन गर्नेछन् ।
व्यवसायीले विरोध गरेपछि केही समय नेकपाका कार्यकर्तासँग भनाभन भएको थियो ।
कार्यक्रमको विरोधमा व्यवसायीहरूले आफ्नो व्यवसायको सटर तानेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
दाङमा युवा किसानको स्ट्रबेरी खेती फस्टाउँदै, लाखौँको कारोबार
काठमाडौँ । कृषि प्रविधि र व्यावसायिक सोचका कारण दाङको घोराही क्षेत्रमा स्ट्रबेरी खेती फस्टाउन थालेको छ । कैलालीका २७ वर्षीय दशरथ साउदले घोराही–१५ मा दुई बिघा जग्गामा गरेको स्ट्रबेरी खेतीबाट लाखौँको कारोबार गर्दै आएका...
हेटौँडा कपडा उद्योग सञ्चालनका लागि अर्थबाट तत्काल बजेट नलिने : मन्त्री गौरी कुमारी
हेटौँडा । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई निरन्तर सञ्चालनमा ल्याउन तत्काल अर्थ मन्त्रालयबाट थप बजेट नमागी उद्योग सञ्चालन गरिने बताएकी छन् । मन्त्री यादवले कानुनी प्रक्रिया मिलाएर...
रसुवा–तातोपानी नाका बन्द भएपछि कोरला बन्यो चीनसँगको वैकल्पिक प्रवेशद्वार
मुस्ताङ । रसुवाको बाढी–पहिरोका कारण रसुवागढी–केरुङ सडकखण्ड अवरुद्ध भएको केहीदिनमै चीन सरकारले तातोपानी नाका समेत बन्द गरेपछि चीनमा रोकिएका नेपाली नागरिक र सवारीसाधनलाई केरुङ हुँदै ढोङमसेन र लिची नाका पार गराएर मुस्ताङको कोरला नाकाबाट नेपाल भित्र्य...
घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख छ हजार २०० रुपैयाँ कायम भएको छ । आज १० ग्राम सुनको मूल्य दुई लाख ६२ हजार ५२० रुपै...
सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६५ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल...
चालु आवको तीन महिनामा आयात-निर्यात दुवैमा सुधार, १२.२ प्रतिशतले बढ्यो व्यापार घाटा
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा आयात तथा निर्यातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामायस वर्ष निर्यात ८९.६ प्रतिशत र आयात १९.८ प्रतिशत...



