सोमबार, ०८ भदौ २०८३
नेपाली

नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा प्रज्ञा पुरस्कार-२०८२ घोषण !

Main News Image

काठमाडौँ ,कमलादी।२०८३ वैशाख १०, गते ,बिहीवार।नेपाल प्रज्ञा-प्रतिष्ठानले हरेक वर्ष भाषा,साहित्य ,संस्कृति ,दर्शनशास्त्र र सामाजिकशास्त्र विधाका विभिन्न प्रज्ञा पुरस्कारहरू-२०८२ घोषणा गरेको छ।साथै,यसपटकदेखि प्रज्ञा प्रादेशिक पुरस्कार समेत प्रारम्भ गरेको छ।


       नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीद्वारा जारी विज्ञप्तिअनुसार जनही १,०००००। (एक लाख )राशि रहेको प्रज्ञा पुरस्कार १२ जनालाई दिइने भएको छ ।जसमा समालोचनातर्फ प्रा.डा.अभि सुवेदी,भाषातर्फ प्रा.मुकुन्दशरण उपाध्याय, सामाजिकशास्त्रतर्फ डा. डम्बर चेम्जोङ,पद्य साहित्यतर्फ शैलेन्द्र साकार ,संस्कृतितर्फ प्रा.डा. सोमप्रसाद खतिवडा बालसाहित्यतर्फ सुशीला प्रधानाङ्ग,गद्यसाहित्यतर्फ आहुति,दर्शनतर्फ ईश्वरचन्द्र ज्ञवाली,अनुवादतर्फ डा.सर्वोत्तम श्रेष्ठ,अन्तर्देशीयतर्फ नरेश काङमाङ राई (बेलायत),मातृभाषा (हिमाली पहाडी) तर्फ बुद्ध योञ्जन र मातृभाषा (मधेश तराई)तर्फ अमरेन्द्रकुमार यादवलाई प्रज्ञा पुरस्कार-२०८२ प्रदान गरिने भएको छ।


        यसैगरी जनही रु ५०,००० (पचास हजार) राशिको रहेको प्रज्ञा प्रादेशिक पुरस्कार नेपाल प्रज्ञा-प्रतिष्ठानले पहिलोपटक ७ जनालाई दिने भएको छ ।जसमा कोसी/१ नम्बरतर्फ मलिसा याक्थुम्बा लिम्बु (महेन्द्रकुमार नेम्बाङ),मधेस प्रदेशतर्फ मुना चौधरी,बागमती प्रदेशतर्फ शान्ति प्रिय बन्दना,गण्डकी प्रदेशतर्फ अनिल श्रेष्ठ,लुम्बिनी प्रदेशतर्फ क्षितिज मगर,कर्णाली प्रदेशतर्फ रमानन्द आचार्य, सुदूरपश्चिम प्रदेशतर्फ कर्ण दयाल 'सोडारीलाई प्राज्ञ प्रादेशिक पुरस्कार प्रदान गरिने भएको छ।


     उक्त प्रज्ञा पुरस्कारहरू २०८३ साल वैशाख १७ गते बिहीवार नेपाल प्रज्ञा-प्रतिष्ठानको सिद्धिचरण सभाकक्ष, कमलादी, काठमाडौँमा कार्यक्रम आयोजना गरी प्रदान गरिने भएको छ।

mediabaaji add

सम्बन्धित खबर

नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा १९ जना स्रष्टालाई प्रज्ञा पुरस्कार-२०८२ समर्पण !

काठमाडौँ ,कमलादी। २०८३ वैशाख १८ गते ,बिहीवार।    •भाषा,साहित्य ,संस्कृति ,दर्शनशास्त्र  र सामाजशास्त्र लगायतका  विधामा साधनारत १९ जना विशिष्ट स्रष्टालाई नेपाल प्रज्ञा- प्रतिष्ठानले प्रज्ञा पुरस्कार-२०८२  समर्पण गरेको छ।

मातृका पोखरेलको कथा संग्रह ‘मलाई पनि निद्रा लागेन’ सार्वजनिक

काठमाण्डौँ । साहित्यकार मातृका पोखरेलको नयाँ कथा संग्रह ‘मलाई पनि निद्रा लागेन’ शुक्रबार काठमाडौँमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको छ । वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल स्रष्टा समाजका अध्य...

प्रज्ञा-प्रतिष्ठानमा पुस्तकालयको महत्त्व र पठनसंस्कृति बारे विमर्श सम्पन्न !

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीद्वारा नेपाल लाइब्रेरी फाउन्डेसन,नेपालसँगको सहकार्यमा आयोजित “पठन–संस्कृतिको विकासमा सामाजिक दायित्व” विषयक विचार–गोष्ठी तथा “शब्दचित्रमा नेपाल लाइब्रेरी फाउन्डेसन&rdqu...

भानुभक्तको योगदानलाई आत्मसात् गर्दै नेपाली भाषा-साहित्यको समृद्धिमा लागौँ : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्यको योगदानलाई केवल स्मरण मात्र नगरी उनले देखाएको मार्गलाई आत्मसात् गर्दै नेपाली भाषा र साहित्यको विकासमा लाग्नुपर्ने बताएका छन् । सोमबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा(प्रतिष्ठानमा आय...

कुलपति भूपाल राईद्वारा धरान स्रष्टा पार्कको समूद्घाटन र १३ जना सष्टाको प्रतिमा अनावरण

प्राज्ञ चेतनाथ धमला

   धरान,चैत्र १३ गते, शुक्रबार। सुनसरीस्थित 

 धरान उपमहानगरपालिका वडा नं १३ मा निर्माण गरिएको स्रष्टा पार्क नेपाल प्रज्ञा- प्रतिष्ठानका कुलपति भूपाल राईले एक समारोहबिच समुद्घाटन तथा प्रतिमा अनाव...

पद्मश्री साहित्य पुरस्कारका लागि १५ कृति छनोट

चितवन । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले वि.सं. २०८३ सालको पद्मश्री साहित्य पुरस्कारका लागि विस्तारित सूची सार्वजनिक गरेको छ। प्रतिष्ठानका अनुसार यस वर्ष प्रकाशित १९२ वटा साहित्यिक कृतिमध्ये उत्कृष्ट १५ कृति विस्तारित सूचीमा परेका छ...