अमेरिका र इरानबीच पुनः वार्ताको तयारी
काठमाण्डौँ । अमेरिका र इरानबीचको तनाव कम गर्ने उद्देश्यले पाकिस्तानको इस्लामावादमा दोस्रो चरणको उच्चस्तरीय शान्ति वार्ता पुनः सुरु हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आगामी दुई दिनभित्रै पाकिस्तानमा वार्ता हुन सक्ने संकेत दिएपछि विश्व राजनीतिमा यसलाई निकै चासोका साथ हेरिएको छ । यसअघि गत साता भएको २१ घण्टा लामो म्याराथन वार्ता बिना कुनै निष्कर्ष टुङ्गिएपछि दुई देशबीच सैन्य तनाव र तेल बजारमा अनिश्चितता बढेको थियो ।
पाकिस्तानी सेना प्रमुख फिल्ड मार्शल जनरल असिम मुनिर र प्रधानमन्त्री शहबाज शरिफको सक्रिय मध्यस्थतामा यो वार्ताको वातावरण बनेको हो। राष्ट्रपति ट्रम्पले एक अन्तरर्वार्ताका क्रममा पाकिस्तानको मध्यस्थता भूमिकाको प्रशंसा गर्दै इस्लामावादमा वार्ता टोली पठाउन आफू सकारात्मक रहेको बताएका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
अमेरिकासँग अन्तिम सम्झौताका लागि वार्ता अझै सुरु नभएको इरानको दाबी
काठमाण्डौँ । इरानले आफ्नो आणविक कार्यक्रमसहित अमेरिकासँग हुने अन्तिम शान्ति सम्झौता सम्बन्धी औपचारिक वार्ता अझै सुरु नभएको दाबी गरेको छ । इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सरकारी प्रसारक आईआरआईबीसँग कुरा गर्दै अन्तिम सम्झौताका लागि...



