बुधबार, १८ कात्तिक २०८३
नेपाली

पाँच दशकपछि गाँजा खेती नियमनको तयारी : तीन महिनाभित्र आवश्यक कानुनी व्यवस्था गर्न सर्वोच्चको निर्देशन

Main News Image

काठमाडौँ । सर्वोच्च अदालतले औषधीय, वैज्ञानिक, कृषि तथा औद्योगिक प्रयोजनका लागि गाँजाको नियन्त्रित व्यावसायिक खेती, उत्पादन तथा प्रशोधनका लागि आवश्यक कानुनी व्यवस्था तीन महिनाभित्र मिलाउन सरकारका नाममा परमादेश जारी गरेको छ। न्यायाधीशद्वय डा नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले अधिवक्ता सरोज अधिकारी समेतले दायर गरेको रिटमा सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो ।

लागुऔषध नियन्त्रण ऐन, २०३३ ले नै निश्चित सर्तमा गाँजाको खेती, उत्पादन र प्रयोग गर्न सकिने ढोका खोले पनि सरकारले झण्डै पाँच दशकसम्म त्यसका लागि नियमावली र कार्यविधि बनाउन सकेको थिएन।

अदालतको यो निर्णयसँगै ऐनले अनुमति दिएको औषधीय तथा औद्योगिक प्रयोजनका लागि नियन्त्रित प्रणालीअन्तर्गत खेती, उत्पादन, प्रशोधन, भण्डारण तथा बिक्री वितरण गर्ने बाटो खुलेको छ। तर, सर्वोच्चले गाँजाको खेती र प्रयोग पूर्ण रूपमा खुला गर्न भने रोक लगाएको छ। गैरकानुनी खेती र कारोबारलाई कडाइका साथ नियन्त्रण गर्न प्रभावकारी नियमन तथा निगरानी संयन्त्र बनाउन समेत आदेशमा भनिएको छ।

mediabaaji add

सम्बन्धित खबर

पशुपति आएका साधुहरूले फर्किने बेला २१ थरी उपहार पाउने, राष्ट्रपतिले गरे संकल्प

काठमाडौँ । रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसर पारेर पशुपतिनाथ मन्दिर दर्शनका लागि आएका साधुसन्तलाई प्रदान गरिने सामग्रीको औपचारिक संकल्प गरेका छन् । हरेक वर्ष फाल्गुन कृष्ण त्रयोदशीमा मनाइने महाशिवरात्रि अघि एकादशीको बिहान राष्ट्राध्यक्षबाट साध...

लक्ष्मीपूजाः धन, धर्म र मातृशक्तिको आराधना

काठमाडौँ । कार्तिक कृष्ण औंसीका दिन मनाइने लक्ष्मीपूजा हिन्दू धर्मावलम्बीहरूको लागि अत्यन्त महत्वपूर्ण पर्व हो । धन र समृद्धिको प्रतीकका रूपमा मात्र नभई, मातृशक्ति, मुक्ति र भुक्तिको प्रतीकका रूपमा पनि माता लक्ष्मीको आ...