आइतबार, ११ असोज २०८३
नेपाली

बाढी-पहिरोको जोखिम न्यूनीकरणका लागि सरकारको पूर्वतयारी, परीक्षा स्थगित र कर्मचारी बिदामा रोक

Main News Image

काठमाडौँ । देशभर जारी लगातारको वर्षाका कारण सिर्जित सम्भावित बाढी, पहिरो र डुबानको जोखिमबाट धनजनको क्षति हुन नदिन सरकारले पूर्वतयारी तथा प्रतिकार्यका कामलाई तीव्रता दिएको छ । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुअघि दिएको निर्देशनअनुसार कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले मन्त्रीहरूसँग विपद् पूर्वतयारीबारे विशेष छलफल गरेका छन्।

छलफलका क्रममा सम्पूर्ण मन्त्रालय र तिनका मातहतका निकायहरूलाई उच्च सतर्कताका साथ परिचालन गरिएको जानकारी दिँदै कार्यवाहक प्रधानमन्त्री वाग्लेले स्थानीय तहहरूलाई विपद् प्रतिकार्यका लागि आफ्नो स्रोत(साधन प्रयोग गर्न कुनै कञ्जुस्याइँ नगर्न आग्रह गरेका छन्।

mediabaaji add

सम्बन्धित खबर

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडौँ । रुकुम पूर्वमा भारी हिमपातको कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि निरन्तर भइरहेको हिमपातका कारण रुकुम पूर्वको भुमे गाउँपालिका १ मा पर्ने लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको हो ।

लोकमार्ग अवरुद्ध हुँदा दर्जनौँ सवारीसाध...

मागको एकतिहाइ मात्रै आपूर्ति हुँदा ग्यास अभाव भयोः विभाग

काठमाडौँ । अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मागको तुलनामा न्यून ग्यास आपूर्ति भएकाले बजारमा अभाव कायम रहेको निष्कर्ष निकालेको छ । सोमबार दिउँसो विभागले आयल निगम र गुणस्तर तथा नापतौल विभागसहित चारवटा टोली संयुक्त अनुगमन...

पूर्वी नेपालमा मौसम सुधारिँदै, पश्चिममा आइतबारसम्मै भारी वर्षाको जोखिम

काठमाडौँ । पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार हुँदै गए पनि देशका पश्चिमी भूभागहरूमा भने मौसमी प्रणालीको प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आइतबारसम्मै भारी वर्षाको सम्भावना रहे...

मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको छ । आज दिउँस...

वन डढेलोमा कमी, मनसुन पूर्वको वर्षाले घटायो

काठमाडौँ । हरेक वर्षको चैत महिना वन डढेलोको उच्च जोखिममा रहने गर्छ । तर गत चैतमा भने डढेलोको घटना थोरै मात्र घट्यो । मनसुन पूर्वनै औसतभन्दा बढी वर्षा भएकाले अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत चैतमा डढेलोका घटनामा गिरावट आएको हो ।

वन तथा भ...

मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसा...