सोमबार, ०९ कात्तिक २०८३
नेपाली

हेटौँडामा छठ पर्वको तयारी धमाधम, राप्ती तट झिलिमिली बत्तीले सजियो

Main News Image

हेटौँडा । तिहार पर्वको समापनसँगै बागमती प्रदेशको राजधानी हेटौँडामा अहिले छठ पर्वको तयारी धमाधम भइरहेको छ । तराई–मधेशसहित देशकै प्रमुख चाडको रूपमा मनाइने छठ पर्वलाई लक्षित गर्दै हेटौँडा उपमहानगरपालिका–१ स्थित राप्ती खोलाको तट रंगीन र झिलिमिली बत्तीले सजिएको छ ।

संयुक्त मधेशी सेवा समाज नेपाल छठ पूजा समारोह समितिका अनुसार राप्ती नदी किनारमा व्रतालुहरू बस्न मिल्ने गरी टेन्ट निर्माण कार्य तीव्र रूपमा भइरहेको छ। साथै, पूजास्थल वरपरको सरसफाइ र सिँगारी–सजावटको काम पनि सकिँदै गएको छ ।

हेटौँडा बजार क्षेत्रको राप्तीरोडदेखि राप्ती पुलसम्म रंगीन बत्ती, स्वागत गेट र सहायक गेटहरू निर्माण गरिएको समितिले जनाएको छ। तराईमा मात्र सीमित यस पर्व अहिले पहाडी क्षेत्रमा पनि समान उत्साहका साथ मनाइँदै आएको छ।

मकवानपुरमा छठ मनाउनेको संख्या प्रत्येक वर्ष बढ्दै गएको र यसले मधेशी तथा पहाडी समुदायबीचको सद्भाव अझ प्रगाढ बनाएको आयोजकहरूको भनाइ छ। यस वर्ष हेटौँडाको राप्तीतटमा करिब ६२ हजार भक्तजन सहभागी हुने अनुमान गरिएको छ। सामूहिक पूजाका लागि २० फिट चौडा र ६५० फिट लामो ३५ वटा पण्डाल निर्माण भइरहेको संयुक्त मधेशी सेवा समाज नेपाल मकवानपुरका सचिव नन्दलाल दासले जानकारी दिए।

छठ पर्वका लागि व्रतालुहरूले आवश्यक सामग्रीको तयारी पनि सुरु गरिसकेका छन्। छठको मुख्य प्रसादका रूपमा केरा, फलफूल, मिठाई, अदुवा, उखु, बाँस र माटोका सामग्री किनमेल भइरहेको हेटौँडा–२ निवासी सुमित्रा साह हलुवाइले बताइन्।

mediabaaji add

सम्बन्धित खबर

काठमाडौंका नदी तटीय क्षेत्रमा बाढीको जोखिम : करिडोरका सडक प्रयोग नगर्न आग्रह

काठमाडौँ । लगातारको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका मुख्य नदीहरूमा पानीको बहाव उच्च भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकायले नदी तटीय क्षेत्र तथा करिडोरहरूमा निगरानी बढाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प...

ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा वर्षको पहिलो हिमपात

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा यो वर्षको पहिलोपटक गए रातिदेखि हिमपात सुरु भएको छ । शुक्रबार दिउँसो सामान्य वर्षा भएसँगै साँझदेखि हिउँ परेको थियो । हल्का हिमपातसँगै पाथीभरा क्षेत्...

आज चैते दशैंको घटस्थापना

काठमाडौँ । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दशैंको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ । चैत्र नवरात्रको घटस्थापनाका लागि आज बिहान ७ः५१ बजेको स...

न्याय परिषदले गर्यो उच्च अदालतका ५० न्यायाधीशको सरुवा

काठमाण्डौँ । उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीशहरूको सरूवा भएको छ। बिहीबार बसेको न्याय परिषदको बैठकले न्यायाधीशहरूको सरूवा गर्ने निर्णय गरेको हो ।

प्रकाशन भएको सूची अनुसार उच्च अदालतका ५० जना र जिल्ला अदालतका १५७ जनाको सरूवा भएको हो। त...

अन्तिम सुरक्षा परीक्षणपछि साउनभित्रै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सर्वसाधारणका लागि खुल्ने

काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग साउन महिनाभित्रै सर्वसाधारण तथा सार्वजनिक यातायातका लागि सञ्चालनमा ल्याइने भएको छ । हाल सुरुङमार्ग आकस्मिक तथा आपत्कालीन सवारीसाधनका लागि मात्र सञ्चालनमा रहेको सडक विभागले जनाएको छ...

बीपी उद्यान क्षेत्रमा चल्यो डोजर !

पर्सा । पर्साको वीरगञ्जस्थित बीपी उद्यान क्षेत्रमा रहेको अस्थायी संरचनाहरूमा महानगरपालिकाले डोजर चलाएको छ । वीरगञ्ज महानगरपालिकाले आइतबार बिहानै वीरगञ्जको घण्टाघर नजिक रहेको सो क्षेत्रमा डोजर प्रयोग गरी खाली गराउने कार...