शुक्रबार, ०६ कात्तिक २०८३
नेपाली

हेटौँडामा छठ पर्वको तयारी धमाधम, राप्ती तट झिलिमिली बत्तीले सजियो

Main News Image

हेटौँडा । तिहार पर्वको समापनसँगै बागमती प्रदेशको राजधानी हेटौँडामा अहिले छठ पर्वको तयारी धमाधम भइरहेको छ । तराई–मधेशसहित देशकै प्रमुख चाडको रूपमा मनाइने छठ पर्वलाई लक्षित गर्दै हेटौँडा उपमहानगरपालिका–१ स्थित राप्ती खोलाको तट रंगीन र झिलिमिली बत्तीले सजिएको छ ।

संयुक्त मधेशी सेवा समाज नेपाल छठ पूजा समारोह समितिका अनुसार राप्ती नदी किनारमा व्रतालुहरू बस्न मिल्ने गरी टेन्ट निर्माण कार्य तीव्र रूपमा भइरहेको छ। साथै, पूजास्थल वरपरको सरसफाइ र सिँगारी–सजावटको काम पनि सकिँदै गएको छ ।

हेटौँडा बजार क्षेत्रको राप्तीरोडदेखि राप्ती पुलसम्म रंगीन बत्ती, स्वागत गेट र सहायक गेटहरू निर्माण गरिएको समितिले जनाएको छ। तराईमा मात्र सीमित यस पर्व अहिले पहाडी क्षेत्रमा पनि समान उत्साहका साथ मनाइँदै आएको छ।

मकवानपुरमा छठ मनाउनेको संख्या प्रत्येक वर्ष बढ्दै गएको र यसले मधेशी तथा पहाडी समुदायबीचको सद्भाव अझ प्रगाढ बनाएको आयोजकहरूको भनाइ छ। यस वर्ष हेटौँडाको राप्तीतटमा करिब ६२ हजार भक्तजन सहभागी हुने अनुमान गरिएको छ। सामूहिक पूजाका लागि २० फिट चौडा र ६५० फिट लामो ३५ वटा पण्डाल निर्माण भइरहेको संयुक्त मधेशी सेवा समाज नेपाल मकवानपुरका सचिव नन्दलाल दासले जानकारी दिए।

छठ पर्वका लागि व्रतालुहरूले आवश्यक सामग्रीको तयारी पनि सुरु गरिसकेका छन्। छठको मुख्य प्रसादका रूपमा केरा, फलफूल, मिठाई, अदुवा, उखु, बाँस र माटोका सामग्री किनमेल भइरहेको हेटौँडा–२ निवासी सुमित्रा साह हलुवाइले बताइन्।

mediabaaji add

सम्बन्धित खबर

चिलिमे तातोपानीमा स्नान गर्नेको घुइँचो

रसुवा । रसुवास्थित चिलिमे तातोपानीमा स्नान गर्ने भक्तजनको सङ्ख्या पछिल्लो समयमा पुनः वृद्धि हुन थालेको छ । तातोपानीमा स्नान गरेमा विभिन्न रोगको निदान हुने विश्वास गरिन्छ । २०७२ साल वैशाख १२ को विनासकारी भूकम्पले आमाछोद...

महाशिवरात्रि तयारी तीव्र : पशुपतिनाथ चम्किँदै

काठमाडौँ । यस वर्षको महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा रङरोगन, सरसफाइ तथा पूर्वाधार सुधारका काम सुरु गरिएको छ । भक्तजनलाई सहज र सुरक्षित दर्शन गराउन विशेष तयारी भइरहेकामा पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको...

नेपालगञ्जमा बालेनको जुलुसमा दुर्घटना, ५ जना घाइते

काठमाडौँ । नेपालगञ्जमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन शाहको स्वागतका लागि आएका समर्थकहरू विमानस्थलनसँगैको सडकमा गाडीबाट खसेका छन् । बालेन चुनाब प्रचारका लागि पश्चिम नेपाल जाँदा उनका समर्थकहरू बाँकेको नेपालगञ्जस्थित राँझा वि...

साउने सोमबारका लागि पशुपतिमा सरसफाइ अभियान

काठमाडौँ । पशुपति क्षेत्रमा साउने सोमबारको तयारी स्वरूप सरसफाइ गरिएको छ । पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारी स्वरूप गत हप्तादेखि सफाइ अभियान सञ्चालन गरिएको हो ।  

सरसफाइको दोस्रो साता शनिबार पनि पशुपति क्षेत्रका विभिन...

बाल दिवसमा १५ जना विद्यार्थी र ३१ जना खेलाडीलाई सम्मान

चितवन । विश्व बाल दिवसका अवसरमा कालिका नगरपालिकाले १५ जना विद्यार्थीसहित ४६ जनालाई सम्मान गरेको छ । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले उनीहरुलाई बिहीबार यहाँ आयोजित एक कार्यक्रममा सम्मान गरेका हुन् । कालिका नगरपालिकाका नौ वट...

शनिबार संकटा देवीको दर्शन उत्तम : काठमाडौँको टेबहालमा भक्तजनको घुइँचो

काठमाडौँ । हिन्दू धर्म तथा संस्कृतिमा शनिबारका दिन संकटा देवीको दर्शन तथा पूजाआजा गर्नु अत्यन्तै शुभ, फलदायी र संकटमोचक मानिन्छ। विशेष गरी काठमाडौँको न्यूरोड, टेबहालस्थित ऐतिहासिक एवं प्रसिद्ध संकटा मन्दिरमा शनिबारका दिन बिहानैदेखि पूजाआजा र दर्शन...