मङ्गलबार, ०३ कात्तिक २०८३
नेपाली

हेटौँडामा छठ पर्वको तयारी धमाधम, राप्ती तट झिलिमिली बत्तीले सजियो

Main News Image

हेटौँडा । तिहार पर्वको समापनसँगै बागमती प्रदेशको राजधानी हेटौँडामा अहिले छठ पर्वको तयारी धमाधम भइरहेको छ । तराई–मधेशसहित देशकै प्रमुख चाडको रूपमा मनाइने छठ पर्वलाई लक्षित गर्दै हेटौँडा उपमहानगरपालिका–१ स्थित राप्ती खोलाको तट रंगीन र झिलिमिली बत्तीले सजिएको छ ।

संयुक्त मधेशी सेवा समाज नेपाल छठ पूजा समारोह समितिका अनुसार राप्ती नदी किनारमा व्रतालुहरू बस्न मिल्ने गरी टेन्ट निर्माण कार्य तीव्र रूपमा भइरहेको छ। साथै, पूजास्थल वरपरको सरसफाइ र सिँगारी–सजावटको काम पनि सकिँदै गएको छ ।

हेटौँडा बजार क्षेत्रको राप्तीरोडदेखि राप्ती पुलसम्म रंगीन बत्ती, स्वागत गेट र सहायक गेटहरू निर्माण गरिएको समितिले जनाएको छ। तराईमा मात्र सीमित यस पर्व अहिले पहाडी क्षेत्रमा पनि समान उत्साहका साथ मनाइँदै आएको छ।

मकवानपुरमा छठ मनाउनेको संख्या प्रत्येक वर्ष बढ्दै गएको र यसले मधेशी तथा पहाडी समुदायबीचको सद्भाव अझ प्रगाढ बनाएको आयोजकहरूको भनाइ छ। यस वर्ष हेटौँडाको राप्तीतटमा करिब ६२ हजार भक्तजन सहभागी हुने अनुमान गरिएको छ। सामूहिक पूजाका लागि २० फिट चौडा र ६५० फिट लामो ३५ वटा पण्डाल निर्माण भइरहेको संयुक्त मधेशी सेवा समाज नेपाल मकवानपुरका सचिव नन्दलाल दासले जानकारी दिए।

छठ पर्वका लागि व्रतालुहरूले आवश्यक सामग्रीको तयारी पनि सुरु गरिसकेका छन्। छठको मुख्य प्रसादका रूपमा केरा, फलफूल, मिठाई, अदुवा, उखु, बाँस र माटोका सामग्री किनमेल भइरहेको हेटौँडा–२ निवासी सुमित्रा साह हलुवाइले बताइन्।

mediabaaji add

सम्बन्धित खबर

विशेष अदालतद्वारा दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश

काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको अभियोग लागेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको संयुक्त इजलासले उनीहरूको बयान तथा थुनछेक बहसपछि...

बाढीपछि देवीघाटको अवस्था कहालीलाग्दो, बस्ती नै बगरमा परिणत

नुवाकोट । बाढी र पहिरोपछि नुवाकोटको देवीघाट क्षेत्रको अवस्था कहालीलाग्दो बनेको छ । विनाशकारी बाढीले बस्तीका घरहरू बगाएर ठूलो क्षेत्रमा बालुवा, ढुंगा र भग्नावशेष थुपारेको छ । बाढीको वेगले कतिपय घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने कतिपय घरका संर...

सुनकोशी, बुढीगण्डकी लगायतका नदीमा जलसतहले सतर्कता तह पार गर्यो, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशका विभिन्न भागमा भइरहेको वर्षासँगै ठूला नदीहरूमा पानीको बहाव बढेर सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार आज  बिहान ६ बजेको मापनमा सुनकोशी, बुढीगण्डकी र महाकाली नदीले सतर्कता तह पार ग...

एक महिने स्वस्थानी व्रत र माघ स्नान आजदेखि शुरू

काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा शुरू भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बील...

चन्द्रागिरिमा महाशिवरात्री विशेष भजन-कीर्तन उत्सवको तयारी तीव्र

काठमाडौँ । महाशिवरात्रीको अवसरमा भोलि आइतबार चन्द्रागिरि भालेश्वर महादेव मन्दिरमा दिनभरि महाशिवरात्रि विशेष भजन उत्सव आयोजना हुँदैछ । भजन–कीर्तन उत्सवका लागि मन्दिर परिसरमा साजसज्जा तथा तयारी तीव्र रुपमा भइरहेको छ ।

सङ्खुवासभा–ताप्लेजुङ सीमामा ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । सङ्खुवासभा–ताप्लेजुङ सीमाक्षेत्र आसपास शसुक्रबार बिहान ३ः१८ बजे ४.७ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र एनईएमआरसी अन्तर्गतको खानी तथा भूगर्भ विभाग डीएमजीका अनुसार सङ्खुवासभाको टोप्के गोला आसपास के...