सोमबार, ०९ कात्तिक २०८३
नेपाली

खामेनीको पार्थिव शरीर ग्रान्ड मोसल्लामा राख्ने तयारी

Main News Image

काठमाडौँ । अमेरिका-इजरायलको संयुक्त आक्रमणमा मारिएका इरानका सर्वोच्च नेता आयातोल्लाह सैयद अली खामेनीको पार्थिव शरीर तेहरानस्थित ग्रान्ड मोसल्ला प्रार्थना परिसरमा राख्ने तयारी भइरहेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् । तेहरानको ग्रान्ड मोसल्ला राजधानीका सबैभन्दा ठूला राज्य तथा धार्मिक समारोह आयोजना हुने विशाल प्रार्थना स्थल हो ।

खामेनीको निधनपछि आयोजना गरिएको तीन दिने श्रद्धाञ्जली कार्यक्रमअन्तर्गत हजारौँ शोकाकुल नागरिक उक्त स्थलमा उपस्थित हुने अपेक्षा गरिएको छ । इरानमा सर्वोच्च नेताको निधनपछि “विदाइ समारोह” तथा त्यसपछि “अन्त्येष्टि जुलुस” आयोजना गर्ने प्रोटोकल रहेको बताइएको छ । यता, इरानले बिहीबार इजरायल र अमेरिकाले इस्लामिक गणतन्त्रको शासन परिवर्तन गर्ने प्रयास गरे इजरायलको डिमोना आणविक केन्द्रलाई निशाना बनाउने चेतावनी दिएको छ ।

यो चेतावनी इजरायलका रक्षामन्त्री इस्रायल कात्जले “नयाँ नेता नियुक्त भए पनि उसलाई समाप्त पार्ने लक्ष्य हुन सक्छ” भन्ने अभिव्यक्ति दिएपछि आएको हो । उता इजरायलमा भने इरानले फेरि ब्यालेस्टिक मिसाइल आक्रमण गरेको इजरायली रक्षा बलले जनाएको छ ।

mediabaaji add

सम्बन्धित खबर

सम्राट चौधरी बने बिहारका २४ औँ मुख्यमन्त्री

पटना । सम्राट चौधरी भारतको बिहार राज्यका २४ औँ  मुख्यमन्त्री बनेका छन् । चौधरीले बिहारको २४ औं मुख्यमन्त्रीको रूपमा बुधबार बिहान शपथ लिएका छन् । जेडीयू कोटाबाट विजय चौधरी र बिजेन्द्र यादवले पनि उपमुख्यमन्त्रीको रूपमा शपथ लिएका छन् । शपथ ग्रहण...