शुक्रबार, २० कात्तिक २०८३
नेपाली

१५औं महाधिवेशन तयारी तीव्र : देउवा समूहद्वारा हालसम्म २६ जिल्लामा अधिवेशन सकियो

Main News Image

काठमाडौँ ।  नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनअन्तर्गत हालसम्म २६ जिल्लामा अधिवेशन सम्पन्न भएको जानकारी दिएको छ। मङ्गलबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेता डा। प्रकाशशरण महतले अधिवेशनको प्रगति विवरण सार्वजनिक गरेका हुन्।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार हालसम्म २६ वटा जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ भने थप सात जिल्लामा अधिवेशनको उद्घाटन भइसकेको छ। त्यस्तै आगामी कात्तिक २२ गतेभित्र देशैभरका सबै जिल्लाहरूको अधिवेशन सम्पन्न गर्ने गरी आन्तरिक तयारी तीव्र पारिएको छ।

mediabaaji add

सम्बन्धित खबर

ओलीलाई ‘देउवा स्टाइल’मा पार्टी प्रमुखबाट हटाउने तयारी

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनमा लज्जास्पल पराजय व्यहोरेको नेकपा एमालेभित्र अध्यक्ष ओलीलाई पदबाट हटाउने तयारी सुरु भएको छ । पार्टीभित्र सकेसम्म उनलाई सहज तरिकाले राजीनामा दिएर नेतृत्व छाड्न लगाउने तयारी छ । यदि उनले राजीनामा दिएर अध्यक्ष छाड्न...