बिहिबार, ०७ साउन २०८३
नेपाली

‘टोकियो सप्ताह’को तयारी पूरा,पण्डित दीनबन्धु टोकियोमा

Main News Image

टोकियो । आगामी साता जापानको टोकियोमा हुन लागेको ‘टोकियो सप्ताह-२०२५' को तयारी लगभग पूरा भएको छ । नेपाली समुदायको आफ्नै भवन र मन्दिर बनाउन नोभेम्बर ८ देखि १५ सम्म टोकियोको शिन्जुकोमा महायज्ञ हुन लागेको हो ।

शिन्जुकोस्थित कु काबुखिचोमा हुने सप्ताहको भौतिक तयारी पूरा भएको र  केही आन्तरिक तयारी तीव्र पारिएको सप्ताह मूल–आयोजक समितिले जानकारी दिएको छ । सप्ताहको प्रमुख वाचकका रुपमा प्रविण पण्डित दीनबन्धु पोखरेल नेपालबाट टोकियो पुगेका छन् ।

जापान पुगेलगत्तै उनले मूल–आयोजक समितिसँग तयारीबारे जानकारी लिएका छन् । उनले आज मेघुरोस्थित मेघुरो कोमिन सेन्टरको सभाहलमा आयोजक समिति र स्थानीय नेपाली समुदायसँग अन्तरक्रिया समेत गरे ।

जापान बसोबास गर्ने नेपालीका विभिन्न सभा, समारोह तथा धार्मिक कार्यका लागि आफ्नै सामुदायिक भवन निर्माण गर्ने उदेश्यले अर्थ संकलन गर्न यो सप्ताह गर्न लागिएको हो । सो भवनमा पशुपतिनाथ र बौद्ध मन्दिर समेत रहने छ ।

 

सात दिनमा १५ करोडको लक्ष्य

सप्ताहबाट  ‘एकीकृत नेपाली घरः बहुसांस्कृतिक केन्द्र’ निर्माणका लागि श्रद्धालु दाताबाट १५ करोड संकलन गर्ने लक्ष्य लिइएको छ । सप्ताहमा हजारौं नेपालीको सहभागीता रहने र लक्ष्य बराबरको अर्थ संकलन हुने आयोजक मूल–समितिका संयोजक सालिकराम भण्डारीले बताए । 

दाताको सजिलोका लागि नगद, चेक, क्रेडिट कार्ड र डेबिट कार्ड तथा पे– पलमार्फत् अनलाईनबाट समेत दान गर्न सकिने व्यवस्था गरिएको छ । सप्ताहको सम्पूर्ण आर्थिक कारोबार चुस्त र पारदर्शी बनाउन मूलआयोजक समिति मातहतको अडिटिङ टिम र ट्रेजरर टिम बनेको छ ।

सप्ताहमा टोकियो आसपासका शहरहरू नागोया, ओसाका, फुकुओकाबाट समेत नेपालीहरु आउने अध्यक्ष लामिछानेले आशा व्यक्त गरे । ‘ती स्थानबाट नेपालीहरु निश्चित दिन तोकेर आउँदै हुनुहुन्छ,‘उनले भने ।

नेपाली समुदायभित्र हुने जन्मदेखि मृत्युसम्मका धार्मिक कार्य तथा सांस्कृति गतिविधिका लागि जापानमा आफ्नै भवन बनाउन यहाँको नेपाली समुदाय अहिले जुटेको हो । 

 

प्रमुख बाचक दिनबन्धुको अठोट

 

टोकियो सप्ताह आध्यात्मिकताको नयाँ प्रयोग हुने प्रमुख वाचक पोखरेलको भनाई छ । उनले सप्ताहलाई मानव मिलनको परिकल्पनाअनुसार आफूले अघि बढाउने उद्घोष गरेका छन् । यो सप्ताहले जापानमै नयाँ आयाम थप्ने उनको विश्वास छ । ‘यो सप्ताह ‘हँसाउने, नचाउने र बचाउने’ शैलीको हुनेछ’ उनले भने ।

संसारका जुनसुकै कुनामा पुगेका नेपालीमा आफ्नो धर्म, संस्कृति र पराम्परा नष्ट होला कि भन्ने चिन्ता देखिएको उनले सुनाए । ‘त्यसैको परिपूर्तिका लागि पनि जापानमा यो सप्ताह हुन लागेको हो,' उनले भने,‘अहिले धेरैतिर नेपाली समाज रुमल्लिएको देखिन्छ ।’

यसअघि उनले अमेरिकामा विभिन्न राज्यमा यस्तै सप्ताह तथा विभिन्न धार्मिक पूजाआजा गर्दै आएका छन् भने अष्ट्रेलिया र यूरोपमा पनि यस्तै कार्य गरिसकेका छन् । यसका आधारमा उनले नेपाली समुदाय जहाँ–जहाँ पुगे पनि विभिन्न जात–जाति वा वर्ग र समुदायका नाउँमा विभाजित हुने र अरुलाई नगन्ने अवस्थामा पुगेको अनुभव समेत सुनाए ।

‘अहिले जहाँतहीं एकले अर्काको अस्तित्व नस्वीकार्ने संस्कार देखिएको छ,’ उनले थपे,‘यो सप्ताह केवल पैसा उठाउने मात्र होइन, छरिएका सबै मन र विचारको मिलन पनि गराउने एउटा आयाम हुने विश्वास लिएको छु ।’

 

टोकियो सप्ताह अहिलेसम्मकै फरक

बौद्ध धर्मसम्बन्धी पूजा अनुष्ठान पनि गर्ने कार्यक्रम रहेको यो सप्ताह अहिलेसम्मकै फरक हुने दाबी आयोजकले गरेका छन् । प्रमुख वाचक पोखरेलले पनि सप्ताहमार्फत् अध्यात्मलाई विज्ञानसँग जोडेर प्रभावकारी बनाइने बताए । नेपाली समुदायद्धारा टोकियोमा पहिलोपटक गर्न लागिएको यो सप्ताहले युवावर्ग र किशोर–किशोरीमा सकारात्मक परिवर्तन ल्याउने पोखरेलको दाबी छ । ‘तपाईंहरुले सप्ताह अघिका युवा र सप्ताहपछिका युवाबीच फरक पाउनु हुनेछ,’ उनले भने,‘टोकियो अहिले एउटा अभियानमा होमिएको छ । यो कार्यले जापानबासी नेपालीबीच एकताको सन्देश समेत दिनेछ ।’

सप्ताहभन्दा एक साताअघि जापान पुगेका पोखरेलले बढीभन्दा बढी नेपालीको उपस्थितिको लागि आवश्यक परे आफूले पनि हरसम्भव प्रयास थाल्ने बताए । उनले नेपालीका संघ–संस्था तथा प्रतिष्ठित व्यक्तिहरुसँग आफै गएर भूमिका निर्वाह गर्न पनि तयार रहेको उल्लेख गरे ।

'सप्ताह आयोजकसँग मिलेर यसको सफलताको लागि केही रहस्यहरुको पनि प्रयोग गर्नेछु’ पण्डितले भने ।

नेपाली समुदायबीच धार्मिक, सांस्कृतिक र सामाजिक एकताको सन्देश फैलाउने उद्देश्यले गैराआवसीय नेपाली संघ, एनआरएन जापानको आयोजनामा ‘टोकियो सप्ताह २०२५’ आयोजना हुन लागेको हो।

सप्ताह कार्यक्रममा पण्डित पोखरेल र महान बौद्ध गुरु टुल्कु सोनाम गर्वाङ रिम्पोछेको मुखारविन्दुबाट प्रवचन हुने एनआरएन जापानका अध्यक्ष सुभाष लामिछानेले बताए । लामिछानेकाअनुसार सप्ताहमार्फत हिन्दू र बौद्ध दुबै परम्पराका अध्यात्मिक सन्देश प्रवाह गरिनेछ।

mediabaaji add

सम्बन्धित खबर

भारतको जीडीपी ७.४ प्रतिशतले बढ्ने प्रक्षेपण

काठमाडौँ । भारतको संघीय सरकारले आर्थिक वर्ष २०२५/२६ १ अप्रिल २०२५ देखि ३१ मार्च २०२६ मा मुलुकको वास्तविक कुल गार्हस्थ्य उत्पादन ७दशमलव४ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार यो प्र...

अमेरिकी राष्ट्रपति ट्रम्प इरानसँगको शान्ति वार्ताका लागि रणनीति तयार गर्दै

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँगको युद्धमा सहयोगीहरूको साथ नपाएको र घरेलु मोर्चामा पनि घेरिँदै गएपछि, अब उनले यसबाट उम्कनका लागि सम्मानजनक शान्ति मार्ग खोजिरहेका छन् । उनको टोली अहिले इरानसँग सम्भावित शान्ति वार्ता शुरू गर्नका...

नेपाल-चीनबीचको मालसामान ढुवानी चार महिनादेखि पूर्णरूपमा अवरुद्ध

काठमाडौँ । गत असार २४ गते चीनको ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीका कारण केरुङ नाकामा रहेको मित्तेरी पुल बगाएपछि नेपाल–चीनबीचको मालसामान ढुवानी चार महिनादेखि पूर्णरूपमा अवरुद्ध भएको छ । बाढीले जनधनसहित ठूलो संख...

पश्चिम बंगालमा भीषण आगलागी, मृत्यु हुनेको संख्या १९ पुग्यो

काठमाडौँ । भारतको पूर्वी राज्य पश्चिम बंगालमा दुईटा जोडिएका गोदाममा लागेको भीषण आगलागीमा मृत्यु हुनेको संख्या १९ पुगेको छ । धेरै व्यक्ति अझै बेपत्ता भएको सरकारी प्रसारक अल इन्डिया रेडियो एआईआरले जनाएको छ । पश्चिम बंगा...

अमेरिका र चीनबीच व्यापार सम्झौताको खाकामा सहमति

काठमाडौँ । संयुक्त राज्य अमेरिका र चीनबीच सम्भावित व्यापार सम्झौताको खाकामा सहमति जुटेको छ । यसै साताको अन्त्यमा दुई देशका राष्ट्र प्रमुखहरूको भेटमा त्यसबारे छलफल हुने अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले जानकारी दिएका छन् । अमेरिकामा सामाजिक सञ्जाल...

इरानद्वारा इजरायलमा नयाँ क्षेप्यास्त्र प्रहार

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्व थप उग्र बन्दै जाँदा इजरायलमाथि इरानबाट नयाँ क्षेप्यास्त्र आक्रमण भएको छ, जसले क्षेत्रीय मात्रै नभइ, विश्वव्यापी असर गहिरिँदै गएको सङ्केत दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध अझ कडा सैन्य का...