त्रिवि पुनरावेदन आयोगको अध्यक्षमा डा. बुर्लाकोटी नियुक्त
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय पुनरावेदन आयोगको अध्यक्ष पदमा ऋण असुली न्यायाधिकरणका पूर्वअध्यक्ष डा गोकुलप्रसाद बुर्लाकोटी नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालयका अनुसार आयोगको सदस्यहरूमा प्रा डा योगेन्द्रबहादुर गुरुङ र डा कविताराज पौडेल ९खाती० नियुक्त भएका छन्।
गत असोज २२ गते विश्वविद्यालयका सहकुलपति समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्याभट्टराईको अध्यक्षतामा बसेको त्रिवि सभाको साधारण सभा बैठकले अध्यक्ष तथा सदस्यहरू नियुक्त गर्ने निर्णय गरेको थियो। दसैँ तथा सार्वजनिक बिदाका कारण नवनियुक्त पदाधिकारीहरूलाई सोमबार मात्रै त्रिवि उपकुलपति कार्यालयले औपचारिक नियुक्तिपत्र हस्तान्तरण गरेको हो।
एक्सप्रेस
सम्बन्धित खबर
पक्की पुल अलपत्रः झोलुङ्गे पुलबाट ट्रान्सफर्मर बोक्नुपर्ने बाध्यता
काठमाण्डौँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–६ प्यूघरमा जलेर बिग्रिएको ट्रान्सफर्मर परिवर्तन गरी विद्युत् सेवा पुनः सञ्चालनमा लाइएको छ । नयाँ ट्रान्सफर्मर सो स्थानसम्म पुर्याउन स्थानीयवासी र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले झोलुङ्गे पुलको सहारा...


