सोमबार, १९ असोज २०८३
नेपाली

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री

Main News Image

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानका प्रयास प्रारम्भ गरेकी छन् । यसै क्रममा सरोकार भएका पक्षसँग छलफल गर्न उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न बैठक आह्वान गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

केही समयअघिदेखि देशका विभिन्न भागमा रहेका अस्पतालहरूले स्वास्थ्य बिमाबापतको रकम स्वास्थ्य बिमा बोर्डले भुक्तानी नदिँदा सेवा बन्द गर्ने निर्णय गरेका थिए। स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले लामो समयदेखि बिमाबापत रकम नपाउँदा सेवा प्रवाह गर्न कठिन भएको जनाएका छन् ।

स्वास्थ्य बिमा बोर्डका अनुसार देशभर सूचीबद्ध स्वास्थ्य संस्थालाई १० अर्बभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ ।

mediabaaji add

सम्बन्धित खबर

सभामुख र उपसभामुखको कार्यकाल सकियो

काठमाडौँ । सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाको कार्यकाल सकिएको छ । निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनका लागि मनोनयन पत्र दाखिला गर्न तोकेको दिन आएसँगै सभामुख र उपसभामुखको कार्यकाल सकिएको हो ।

संविधानमा सभामुख र उपसभामुखको का...

मोहम्मद अफताब आलमको मृत्यु

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको मृत्यु भएको छ । कात्तिक दोस्रो सातादेखि उपचारका लागि काठमाडौं मेडिकल कलेज केएमसीमा रहेका उनको गएराति  निधन भएको हो ।

रास्वपा महाधिवेशन : भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो महाधिवेशनको मिति नजिकिँदै जाँदा चितवनको भरतपुरमा चहलपहल बढेको छ । यही असार ७ देखि ९ गतेसम्म भरतपुरमा आयोजना हुने महाधिवेशनका लागि पार्टीका नेता, कार्यकर्ता, प्रतिनिधि, पर्यवेक्षक तथा शुभेच्छुकहरू...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय

१८ भदौ, काठमाडौँ । मन्त्रिपरिषद् बैठकका ७ वटा निर्णय सार्वजनिक गरिएको छ । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सरकारका प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद्...

राष्ट्रपतिबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक प्रमाणीकरण

काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार राति नै संघीय संसदबाट पारित भएका चार वटै अध्यादेश प्रतिस्थापन विधेयक प्रमाणीकरण गरेका छन् ।राष्ट्रपतिको कार्यालयले बिहीबार राति जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ११३ को उपधारा २ बमो...

एमाले सचिवालय बैठक च्यासलमा बस्दै, महाधिवेशनका विषयमा छलफल हुने

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै बस्दैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले जानकारी दिएका छन् । जेनजी आन्दोल...