जापानमा प्रधानमन्त्री ताकाइचीको पार्टीलाई भारी बहुमत
काठमाडौँ । आइतबार भएको जापानको तल्लो सदनको निर्वाचनबाट प्रधानमन्त्री सानाए ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी९एलडिपी० ले ऐतिहासिक विजय हासिल गरेको छ । यसअघि १९८ सिट भएको एलडिपीले यो निर्वाचनमा ३१६ सिट जितेको हो । ४६५ सिटको तल्लो सदनमा दुई तिहाईको लागि ३१० सिट आवश्यक पर्छ ।
तर एलडिपी एक्लैले ३१६ सिट जितेको हो। एनडिपीसँग गठबन्धन गरेको जापान इनोभेसन पार्टीले ३६ सिट जितेको छ । योसँगै ताकाचीको सत्तारुढ गठबन्धनले ३५२ सिट जितेको छ । विपक्षी गठबन्धनको सिटमा भने भारी गिरावट आएको छ । पार्टीको स्पष्ट जितपछि पत्रकारहरूसँग कुरा गर्दै ताकाइचीले भनिन्, ‘हामीले जिम्मेवार र सक्रिय वित्तीय नीतिमा निरन्तर जोड दिँदै आएका छौं । हामी वित्तीय नीतिको दिगोपनलाई प्राथमिकता दिनेछौं र आवश्यक लगानी सुनिश्चित गर्नेछौं ।’
एक्सप्रेस
सम्बन्धित खबर
महासभा सकिएपछि पनि बसेका दुई इरानी कूटनीतिज्ञलाई अमेरिकाले निकाल्यो
काठमाडौँ । अमेरिकाले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर पनि देश छाड्ने आदेश बेवास्ता गरेका दुई इरानी कूटनीतिज्ञलाई अमेरिकाबाट निष्कासन गरेको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार, ती दुवै इरानी प्रतिनिधिमण्डलका सदस्य महासभा सकिएको लामो समयपछि...



