द्रूतमार्गमा प्रधानमन्त्रीको निरीक्षण
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि बढाउँदा धार्मिक विश्वास र सांस्कृतिक सम्पदालाई असर पुर्याउन नहुनेमा जोड दिएका छन् । मुलुकको सर्वाधिक महत्वको प्राथमिकता प्राप्त राष्ट्रिय गौरवको आयोजना काठमाडौं तराई मधेश द्रूतमार्ग निरीक्षणका क्रममा आज सडक निर्माण कार्यदलद्वारा ललितपुरको खोकनामा आयोजित कार्यक्रममा उनले स्थानीयका सरोकारलाई गम्भीर रुपमा लिई समाधान खोज्न निर्देशन दिए ।
प्रधानमन्त्री कार्कीले भनिन्, “स्थानीयका सरोकारलाई गम्भीरतापूर्वक ध्यान दिइ समाधान खोज्नुपर्छ। आवश्यक परेको खण्डमा रेखांकन र जिरोविन्दु समेत परिवर्तनका लागि तयार हुनुपर्छ। उहाँहरुको विश्वासमा आधात नपुग्ने गरी हाम्रा विकास निर्माण अघि बढाउनुपर्छ ।” प्रधानमन्त्री कार्कीले भौतिक संरचना लगायतका निर्माण गरिँदा आवश्यक पर्याप्त खाली ठाउँको व्यवस्था मिलाउन समेत सुझाव दिइन्।
एक्सप्रेस
सम्बन्धित खबर
कांग्रेसले देशलाई नयाँ उचाइमा पुर्याउने क्षमता राख्छ : विश्वप्रकाश शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन नजिकिँदै गर्दा मतदाताले गम्भीर भएर निर्णय लिनुपर्ने बताएका छन् । दाङको घोराहीमा आयोजित जिल्लास्तरीय भेलामा बोल्दै उनले भने, ०६४ मा झैँ गल्ती गर्ने कि ०७० मा झैँ विवेक पुर्याउने ?...
नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने परराष्ट्रमन्त्रीको प्रतिबद्धता
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका छन् । फाउन्डेसन फर पिस डेभलपमेन्ट एण्ड सोसलिजमले शनिबार काठमाडौंमा आयोजना गरेको ‘काष्ठमण्डप डायलग’मा मन्त्री खनालले नेपाल ‘एक चीन’ सिद्धान्तप्रत...
प्रधानमन्त्री कार्की र इजरायली राजदूतबीच शिष्टाचार भेट
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आज नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले शिष्टाचार भेट गरेका छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटका अवसरमा बासले नेपालको प्रथम म...
आज देशभर उम्मेदवारी दर्ता हुँदै
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ताका लागि आवश्यक तया...
जातीय विभेद सामाजिक, नैतिक र मानवीय गरिमा विरुद्धको गम्भीर अपराध हो : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय विभेद सामाजिक, नैतिक र मानवीय गरिमा विरुद्धको गम्भीर अपराध भएको बताएका छन् । बिहीबार जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले नेपालको संविधानले देशको बहुजा...
सबै राजनीतिक नियुक्ति खारेज गरिँदै,१५० निकायका १२०० पदाधिकारी हटाइँदै
काठमाडौँ । विगतका सरकारहरूले दलीय भागबन्डा र राजनीतिक निकटताका आधारमा नियुक्त गरेका सार्वजनिक निकायका पदाधिकारीहरूलाई बालेन्द्र शाह बालेन नेतृत्वको वर्तमान सरकारले एकैपटक पदमुक्त गर्ने तयारी गरेको छ । सार्वजनिक प्रशासनलाई दलीय हस्तक्षेपबाट मुक्त ग...



