बिहिबार, ०७ जेठ २०८३
नेपाली

प्रधानमन्त्रीको शपथ चैत १३ गते

Main News Image

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने तयारी गरेका छन् । रास्वपाले निर्वाचनअघि नै वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको थियो । बिहीबार साँझ बसेको रास्वपाको शीर्ष तहको बैठकले प्रधानमन्त्रीको शपथका लागि उक्त मिति तय गरेको हो। बैठकमा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले सहभागी थिए ।

यसअघि बिहीबार अपराह्न संघीय संसद् सचिवालयले नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण चैत १२ गते दिउँसो २ बजे गर्ने निर्णय गरिसकेको छ। प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ दलसँगको छलफलपछि उक्त मिति तय गरिएको हो । सांसदहरूले शपथ लिएको भोलिपल्ट प्रधानमन्त्रीको शपथ गराउने गरी तयारी गरिएको रास्वपा स्रोतले जनाएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जित हात पार्दै बहुमत प्राप्त गरेको छ ।

mediabaaji add

सम्बन्धित खबर

जेनजी पुस्ताले इतिहासबाट सिक्नुपर्छ, आफैँबाट इतिहास सुरु भयो भन्नु गलत : स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले जेनजी पुस्ताले इतिहासबाट ज्ञान लिएर अगाडि बढ्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले इतिहासबाट केही सिकेनौ भने इतिहास नै दोह...

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग उज्यालो पार्टीको माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । पार्टीले बुधबार एक विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनसँग सम्बन्धित घटनाक्रमबारे सत्य तथ्य सार्वजनिक गर्न ढिलाइ हुनु...

आगामी चुनाव नयाँ शक्तिहरूको उदयको प्रस्थान विन्दु हो : मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले फागुन २१ को चुनावलाई नयाँ शक्तिहरुको उदयको प्रस्थान विन्दुको रुपमा अगाडि बढाउनुपर्ने बताएका छन् । विहीबार उज्यालो नेपाल पार्टीको पार्टी कार्यालय उद्घाटन समारोहमा उनले फागुन २१ को चुनावलाई,...

कुनै गुट बनाउनु पर्दैन, घण्टी मुनी सबै अटाउन सक्छौँ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले पार्टीभित्र एकता, निडरता र देश केन्द्रित राजनीति आवश्यक रहेको बताएका छन् । बुधबार रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोश्रो दिनलाई सम्बोधन गर्दै उनले गुटगत राजनीति त्याग्न आग्रह ग...

दमकमा ‘राष्ट्रिय परिवर्तन पार्टी’को औपचारिक घोषण गरिँदै

काठमाडौँ । जेनजी आन्दोलनका घाइते, शहीद परिवार र युवा पुस्ता मिलेर निर्माण भएको ‘राष्ट्रिय परिवर्तन पार्टी’को आज औपचारिक घोषण सभा गरिँदैछ । घोषणा सभा दमकको आदिवासी रङ्गशालामा हुन लागेको राष्ट्रिय परिवर्तन पा...

मन्त्रालय पुनर्संरचना प्रस्ताव : ४ मन्त्रालय खारेज, प्रधानमन्त्री थप शक्तिशाली

काठमाडौँ । सरकारले संघीय मन्त्रालयहरूको संरचना फेरबदल गर्दै कार्यकारी शक्तिलाई थप केन्द्रित बनाउने तयारी अघि बढाएको छ । प्रस्तावित पुनर्संरचनाअनुसार अब संघीय तहमा मन्त्रालयको संख्या घटाएर १७ मा सीमित गरिनेछ भने केही महत्त्वपूर्ण निकाय र कार्यक्षेत...