पृथ्वी राजमार्ग : आज मलेखु-मुग्लिङ सडकखण्ड तीनघण्टा बन्द हुने
चितवन। पृथ्वी राजमार्गअन्तर्गत मलेखु-मुग्लिङ सडकखण्ड आज तीन घण्टा बन्द हुने भएको छ। सडक खण्डको मझिमटारमा आकाशे पुलको यात्रु आवागमन गर्ने भाग गर्डर राख्ने कार्य गर्नुपर्ने भएकाले बिहान ११ः०० देखि दिउँसो २:०० बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्न लागिएको हो।
नागढुङ्गा मुग्लिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार पुलको गर्डर राख्ने कार्यका लागि सडक बन्द गर्न लागिएको हो। उक्त अवधिमा मलेखु(मुग्लिङ सडकखण्ड भएर आवतजावत गर्ने सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइने उनले जानकारी दिए।
सडक बन्द रहने समयमा सवारी चालक तथा यात्रुलाई धैर्यतापूर्वक यथास्थानमा रहन, लेन अनुशासन कायम गर्न तथा ट्राफिक नियमको पालना गर्न आयोजनाले अनुरोध गरेको छ। सडक बन्द हुँदा पर्न जाने असुविधाप्रति आयोजनाले क्षमा पनि मागेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
ढोरपाटन । हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ। लोकमार्गको बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा हिमपात हुँदा अवरुद्ध भएको थियो । लोकमार्गमा बाक्लो हिउँ जमेपछि यातायातका साधन ठप्प भएका थिए...
एक वर्षमा सात हजार ६४८ विपद्का घटना : सबैभन्दा बढी आगलागीका
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षको अवधिमा कुल सात हजार ६४८ वटा विपद्का घटना हुँदा आगलागी र डढेलोसँग जोडिएका घटना सबैभन्दा बढी छन् । कुल विपद्का घटनामा सबैभन्दा धेरै आगलागीका घटना हुनुले पनि सावधा...
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ । जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्...
सुकुम्बासी आन्दोलन चर्किँदै, राजमार्गमा चक्काजामदेखि आमहड्तालसम्मको चेतावनी
काठमाडौँ । काठमाडौंसहित देशका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्ती हटाउने सरकारी कदमको विरोधमा अखिल नेपाल सुकुम्बासी संघ आन्दोलनमा उत्रिएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत संघले दुई चरणमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । संघका अ...
केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाण्डौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी परिरहेको छ । विभागका...


