शुक्रबार, ०६ कात्तिक २०८३
नेपाली

हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न विवादपछि कपिलवस्तुमा निषेधाज्ञा

Main News Image

काठमाडौँ । कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न विवाद चर्किन नदिन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले दिउँसो २ बजेदेखि लागू हुने गरी महाराजगन्जको पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगन्ज चोक, उत्तरमा महाराजगन्ज बजार र दक्षिणमा हर्दौना क्षेत्रसम्म भेला, सभा, जुलुस तथा प्रदर्शनमा रोक लगाएको जनाएको छ । उक्त सूचना निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेद्वारा जारी गरिएको हो ।

महाराजगन्ज–२ र ३ को सीमा क्षेत्रमा मुस्लिम समुदायको ईद र हिन्दु समुदायको नवरात्र मनाउने क्रममा विवाद उत्पन्न भएको प्रशासनले जनाएको छ।

mediabaaji add

सम्बन्धित खबर

धादिङ बस दुर्घटनामा ११ पुरुष र ६ महिलाको मृत्यु, विदेशी नागरिक पनि परे

काठमाडौँ । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा ६ महिला र ११ पुरुषको मृत्यु भएको पुष्टि भएको छ । २७ जना घाइतेलाई उद्धार गरेर विभिन्न अस्पताल पठाइएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार मृतक र घाइतेहरुक...

रामेछापमा यात्रुवाहक सुमो दुर्घटना, यात्रुको अबस्था कस्तो छ ?

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुममा सोमबार बिहान एक यात्रुवाहक सुमो दुर्घटनामा परेको छ । खाँडादेवी ७ टिमुबाट यात्रु लिएर काठमाडौँतर्फ जाँदै गरेको बाप्र ०८(००१ ज ०२२४ नम्बरको सुमो दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा चालकसहित कुल ६...