चुनाव जिते पनि रबि लामिछानेले सांसद बन्न पाउँदैनन् ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले चुनाव जिते पनि सांसद पद नपाउने चर्चा फैलिए पनि उनले यस्तो नहुने बताएका छन् । उनका विरोधीहरूले यही कुरालाई आधार बनाएर उनलाई भोट नदिन मतदातालाई प्रोत्साहित गरेको खबरहरू आएका छन् । चितवन क्षेत्र नम्बर २ बाट तेस्रो पटक उम्मेदवार बनेका लामिछाने हाल आफ्नो निर्वाचन क्षेत्रमा पार्टी पङ्क्तिसँग भेटघाट र मतदातासँग अन्तरक्रिया गर्दै छन् ।
यसै क्रममा एक मतदाताले सांसद निर्वाचित भए पनि स्वतः निलम्बन हुने प्रावधानबारे प्रश्न सोध्दा उनले स्पष्ट पारे, सभामुख पहिलेकै देवराज घिमिरे भए त होला स्वतः निलम्बन । ओलीको आदेशमा टाँसिदिने भए होला । तर, यो देशमा नियम, कानुन, संसदीय नियमावली र सिस्टम छ। सबै कुरा कानुन बमोजिम हुन्छ।
उनले थपे, म सांसद नभए पनि जनताका लागि काम गर्न सक्छु। म राजनीतिमा आउनुअघि पत्रकार थिएँ, पत्रकारको रूपमा पनि केही काम भएको थियो। मान्छे मात्र भए पर्याप्त हुन्छ। प्रतिशोधपूर्ण वा गलत क्रियाकलाप भएमा कानुनी प्रक्रियामा जानेछु। मलाई अदालत र न्याय प्रक्रियामा विश्वास छ।
हाल रविविरुद्ध देशका विभिन्न अदालतमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा विचाराधीन छन् । महान्यायाधिवक्ताको कार्यालयले केही मुद्दा फिर्ता गर्ने निर्णय गरे पनि कार्यान्वयन भइसकेको छैन । अदालतमा मुद्दा विचाराधीन रहेकाले सांसद पदमा रहन नपाउने कानुनी प्रावधान लागू हुन सक्छ।
एक्सप्रेस
सम्बन्धित खबर
केन्द्रीय समिति स्थगित गरेका कांग्रेस नेता धोबीघाटमा जुट्दै
काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शीर्ष नेताहरूको बैठक बोलाएका छन् । बैठक बिहान ९ बजेदेखि ललितपुरको धोबीघाटमा बोलाइएको छ । महाधिवेशनको विषयमा मतभेद हुँदा कांग्रेस केन्द्रीय समिति बैठक स्...
राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास
दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँस्थित चुँदीरम्घामा आज सोमबार भानु साहित्य उद्यानको शिलान्यास गरेका छन् । भानु साहित्य उद्यानको अवधारणामा भानुभक्तको जीवनी, व्यक्तित्व, कृतित्व र योगदानलाई मूर्त रूप दिने च...
रास्वपाद्वारा महाधिवेशन निर्वाचनका लागि प्रस्तावक र समर्थक सम्बन्धी मापदण्ड घोषणा
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्नो आगामी राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियालाई व्यवस्थित बनाउन उम्मेदवारका प्रस्तावक र समर्थक सम्बन्धी विशेष मापदण्ड सार्वजनिक गरेको छ ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले मंग...
सरकारले गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा गर्यो सिफारिस
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई रिक्त रहेको एक जना सदस्यका लागि सिफारिस गरेको हो । मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको मन्त्री अर्यालले जानकारी दिए । राष...
एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो
काठमाडौँ । जनक शिक्षा सामग्री केन्द्रले हालसम्म कुल एक करोड ४२ लाख आठ हजार थान मतपत्र छपाई गरेको छ । केन्द्रले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्र ११ लाख १६ हजार थान मतपत्र छपाई भएको छ। कुल दुई करोड आठ लाख तीन हजार थान मतपत्र छपाई ग...
नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने परराष्ट्रमन्त्रीको प्रतिबद्धता
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका छन् । फाउन्डेसन फर पिस डेभलपमेन्ट एण्ड सोसलिजमले शनिबार काठमाडौंमा आयोजना गरेको ‘काष्ठमण्डप डायलग’मा मन्त्री खनालले नेपाल ‘एक चीन’ सिद्धान्तप्रत...



