वर्षाले २१ राजमार्ग अवरुद्ध, जनजीवन प्रभावित, बाढीले बस्तीमा जोखिम, सैयौं नागरिक सुरक्षित स्थानमा
काठमाडौँ । देशभर जारी अविरल वर्षाका कारण आएको बाढी, पहिरो र सडक कटानले काठमाडौँ उपत्यका जोड्ने प्रमुख नाकासहित देशभरका २१ भन्दा बढी मुख्य राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन् । कतिपय सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकमा आंशिक रूपमा यातायात सञ्चालनमा रोक लगाइएको छ ।
नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार बाढी तथा पहिरोका कारण काठमाडौँ उपत्यका प्रवेश गर्ने अधिकांश प्रमुख सडक मार्ग प्रभावित भएका छन् । सडक अवरुद्ध हुँदा लामो दूरीका यात्रु तथा मालवाहक सवारीसाधनको आवागमन प्रभावित भएको छ ।
निरन्तर वर्षाका कारण सडक माथिबाट पहिरो खस्ने, खोलानाला तथा नदीमा पानीको बहाव बढ्ने र सडक कटान हुने क्रम जारी रहेकाले विभिन्न स्थानमा यातायात सञ्चालनमा समयसमेत निर्धारण गरिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
नयाँ शैक्षिक सत्र सुरु हुनअघि भर्ना र मनपरि शुल्क असुल्नेलाई कारबाहीः शिक्षा मन्त्रालय
काठमाडौँ । सरकारले शैक्षिक सत्र सुरु हुनअघि विद्यार्थी भर्ना गरी अनियमित शुल्क असुल गर्ने विद्यालयविरुद्ध कडा कदम उठाउने चेतावनी दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्या...
प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने
काठमाडौँ । प्रेस काउन्सिल नेपालले अबदेखि अनलाइन सञ्चार माध्यमहरूको सूचीकरण नगर्ने भएको छ । काउन्सिलले आइतबार एक सूचना जारी गर्दै नयाँ कानुनी संशोधनका कारण यो निर्णय लागू गरिएको जानकारी दिएको हो । काउन्सिलका अनुसार अघिल...
बालबालिकाले देउसीभैलो खेलेर जुटाएको रकमबाट ताराखेतमा सडकबत्ती
म्याग्दी । मङ्गला गाउँपालिका–२ ताराखेतका बालबालिकाले देउसीभैलो खेलेर जुटाएको रकम परिचालन गरेर सडकबत्ती जडान गरेका छन् । ताराखेतमा पर्ने बेनी–दरवाङ सडक, पदमार्ग र मङ्गला गाउँपालिका–३ सातबिसेको सिमकुना जोड्ने झोलुङ्गे पुलमा शनिबारदेखि सडकबत्ती बालेर...
मुक्तकमैयालाई जग्गा दिन अदालतको आदेश
काठमाण्डौँ । उच्च अदालत तुलसीपुरले मुक्तकमैया तथा भूमिहीन सुकुमवासीले प्राप्त गरेको जग्गाको अंशबण्डा, नामसारी, दर्ता तथा बसोबास व्यवस्थापनका सम्बन्धमा आदेश जारी गरेको छ । न्यायाधीशद्वय मदन पोखरेल र शकुन्तला घिमिरेको संयुक्त इजलासले भूमि प्रश...
कार्बन साझेदारी कोषबाट मुलुकलाई एक अर्ब १९ करोड प्राप्त
काठमाडौँ । तराई आर्क क्षेत्रअन्तर्गतको ‘आरइडिडीप्लस’ उत्सर्जन कटौती कार्यक्रममार्फत करिब १८ लाख ८८ हजार टन कार्बन डाइअक्साइड उत्सर्जन घटाउन सफल भएपछि मुलुकले विश्वव्यापी वन कार्बन साझेदारी कोषबाट रु एक अर्ब...
माधव नेपाल जोडिएको पतञ्जलि योगपीठ जग्गा हिनामिनामा साक्षी बुझ्न आदेश
काठमाडौँ । विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग सम्बन्धित पतञ्जलि योगपीठ र आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा साक्षी बुझ्ने आदेश गरेको छ । विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले सर...


