मनसुनको न्यून चापीय रेखा उत्तरतिर सर्दा देशभर वर्षा
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेको छ । अहिले देशभर साधारणतया बादल लागिरहेको छ। कोशी प्रदेशका केही स्थान, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ।
सोमबार पनि देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा वर्षा हुनेछ ।
एक्सप्रेस
सम्बन्धित खबर
प्रधान सेनापतिद्वारा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन निर्देशन
काठमाण्डौँ । महाशिवरात्री तथा २६३औँ सेना दिवसको अवसरमा प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाका सकलदर्जालाई सम्बोधन गर्दै सेनाका बहालवाला तथा अवकाशप्राप्त सकलदर्जा, सेनामा कार्यरत निजामती कर्मचारी एवं परिवारजनलाई शुभकामना व्यक्त गरेका छन् ।...
उच्च पहाडी र हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहदा पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ। तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती तथा गण्डकी प्रदेशक...
मनसुन पूर्वतयारी : चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने
काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान विभागले सम्भावित विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न विस्तृत आपत्कालीन कार्ययोजना सार्वजनिक गरेको छ । विभागले मनसुन अवधिभर मौसम पूर्वानुमान, बाढी पूर्वानुमान र पूर्वसूचना प्रणाली...
हिमाली र पहाडी भू-भागमा आंशिक बादल , तराई क्षेत्रमा तातो लहरको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहदा देशका हिमाली र पहाडी भूभागमा बादल लाग्ने र तराईमा मौसम मुख्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अन...
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार...
पहाडी भेगमा बदली र वर्षा, मधेस र लुम्बिनीमा आगामी तीन दिन तातो लहर चल्ने
काठमाडौँ । मुलुकको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा ट्रफ तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न क्षेत्रमा बदली र वर्षाको सम्भावना देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र सुदूरपश्...



