देशका विभिन्न स्थानमा वर्षा, केही पहाडी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान
काठमाण्डौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रही कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा गण्डकी प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमम्मको वर्षा भइरहेको छ ।
आइतबार दिउँसो देशभर साधारणतया बदली रहने छ भने हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका तराई भेगका केही स्थानमा तथा मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन एवं चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आइतबार राति पनि देशभर साधारणतया बदली रहनेछ । हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा एवं हिमपातको सम्भावना छ ।
एक्सप्रेस
सम्बन्धित खबर
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई २०८२ को पूरक ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार पूरक परीक्षाका लागि आवेदन दिएका एक लाख ४६ हजार ५०७ परीक्षार्थीमध्ये एक लाख २९ हजार ११४ जना परीक्षामा सहभा...
बाढी र पहिरोले देशभरिको जनजीवन प्रभावित : जाजरकोट र दोलखामा दुई जनाको मृत्यु
काठमाडौँ । लगातारको अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरोले जनजीवन अस्तव्यस्त बनाएको छ । पहाडी भेगमा पहिरोका कारण सडक अवरुद्ध हुनुका साथै मानवीय क्षति समेत भएको छ भने तराई र भित्री मधेसका खोलाहरूमा आएको बाढीले यातायात र बस्तीहरू जोखि...
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो देशभर मौसम मुख्यतया सफा...
मध्यपूर्व तनावको प्रभाव : काठमाडौंबाट १६ अन्तर्राष्ट्रिय उडान रद्द
काठमाडौँ । अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमण तथा इरानको जवाफी कारबाहीपछि नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्क प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सोमबार पूर्वनिर्धारित १६ अन्तर्राष्ट्रिय उडान रद्द भएका छन्...
काठमाडौंबाट उडेको टर्किश एयरलाइन्सको विमानको इन्जिनमा आगो लाग्यो
काठमाडौँ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किश एयरलायन्सको विमानको एउटा इन्जिनमा आगो लागेको छ । उडेको केही समयमै समस्या देखिएपछि विमान फर्किन खोजेको थियो ।
<...देशभरका राजमार्गमा वर्षाको कहर : कान्तिलोकपथ खुल्यो, अरनिको र मेचीसहितका सडक अवरुद्ध
काठमाडौँ । मुलुकभर भइरहेको अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गहरूमा पहिरो जाने, ढुङ्गा खस्ने तथा बाटो हिलो हुने समस्याले यातायात सेवा प्रभावित बनेको छ । नेपाल प्रहरीका अनुसार मकवानपुरको कान्तिलोकपथ भने पहिरो पन्छाएपछि आज बिहानदेखि पूर्ण रूपम...



