वर्षाको अद्यावधिक आँकलनः अझै पनि कम वर्षा हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले अझै केही महिना वर्षा सरदरभन्दा कम हुने आँकलन सार्वजनिक गरेको छ । सार्वजनिक आँकलनअनुसार यही पुस १७ देखि आगामी फागुन १६ गतेसम्मको अवधिमा सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको विभागले जनाएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार गत डिसेम्बरमा पनि सरदरभन्दा कम वर्षा भएको थियो। आउँदा दिनमा पनि कम वर्षाको आकलन गरिएको उनले बताए।
यही पुस १७ गतेदेखि फागुन १६ गतेको दुई महिना अवधिमा देशका अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने बताउँदै उनले सुदूरपश्चिम, कर्णाली प्रदेशका उत्तरी भूभाग र गण्डकी प्रदेशका उत्तर(पश्चिमी भूभागमा सरदरभन्दा कम, सरदर र सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको उल्लेख गरे।
कायस्थका अनुसार सुदूरपश्चिम प्रदेशका मध्य भूभाग, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका दक्षिणी भूभाग, बागमती प्रदेशका अधिकांश भाग, मधेस प्रदेशका मध्य भूभाग र कोशी प्रदेशका पश्चिमी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
महानिरीक्षक कार्कीले लगाए दर्ज्यानी चिह्न, सम्हाले प्रहरी कमान्ड
काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन् । गृहसचिव रामेश्वर दंगालले मन्त्रालयमा आयोजित कार्यक्रममा कार्कीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिएका हुन् । कात...
प्रेस स्वतन्त्रता र व्यावसायिकताको सवाल : आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै
काठमाडौँ । संसारभरका पत्रकार र सञ्चारकर्मीहरूको हकहित था प्रेस स्वतन्त्रताको रक्षाका निम्ति आज ‘विश्व प्रेस स्वतन्त्रता दिवस’ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको आह्वानमा सन् १९९...
नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै
काठमाडौँ । नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ इ सं ८८० मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात् गराएका...
प्रतिनिधिसभा निर्वाचनमा तीन दिन सार्वजनिक बिदा !
काठमाडौँ । सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा देशभर तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू बुधबार सार्वजनिक ग...
लोप हुने अवस्थामा पुग्यो माघीमा नाचिने थारू समुदायको ‘ढुम्री’ नाच
काठमाण्डौँ । थारू समुदायले माघीको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन रातभर ढुम्री नाच्ने चलन थियो । गाउँका थारू समुदायका अगुवा वा महतवाको घरमा जम्मा हुने र रातभर ढुम्री गीत गाउने र नाच्ने चलन थियो । गीत गाउने, नाच्ने र रातभर आगो ताप्ने चलन थियो...
पृथ्वीराजमार्ग दैनिक चार घण्टा बन्द
कास्की । पृथ्वीराजमार्ग आजदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ । मार्गमा पर्ने पोखराको विजयपुर खोलामा निर्माणाधीन पुलको ‘ग्रीडर लन्चिङ’ कार्य सुरु हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न...



