आर्मीका राजन र धादिङकी सन्तोषी गरिमा रोड रेस विजेता
काठमाडौँ । नेपाल आर्मीका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठ दोश्रो गरिमा रोड रेसमा च्याम्पियन बनेका छन् । १० किलोमिटर दूरीको दौडमा राजन पुरुष र सन्तोषी महिलामा पहिलो भएका हुन् । राजनले निर्धारित दूरी २९ मिनेट १२.१२ सेकेन्डमा पूरा गरे । गत संस्करणका विजेता आर्मीकै मुकेशबहादुर पाल २९ मिनेट ५०.९२ सेकेन्ड समयसाथ दोश्रो भए । तेश्रो स्थानका आर्मीकै सञ्जय श्रेष्ठले निर्धारित दूरी ३० मिनेट ०५.०० सेकेन्डमा तय गरे । आर्मीका गणेशसिंह रावत र नरेन्द्रसिंह रावत क्रमशः चौथो र पाँचौं बने ।
साग स्वर्णधारी ओलम्पियन सन्तोषीले निर्धारित दूरी तय गर्न ३४ मिनेट ५४.४ सेकेन्ड समय खर्चिन् । पहिलो संस्करणमा पनि सन्तोषी पहिलो भएकी थिइन् । ३५ मिनेट १५.३ सेकेन्ड समयसाथ आर्मीकी निशा मजाकोटी दोश्रो तथा ३६ मिनेट २१.३ सेकेन्ड समयसाथ आर्मीकै सिर्जना पाण्डेय तेश्रो भए । आर्मीकी निर्मला केसी चौथो र एपीएफकी आशा रावत पाँचौं स्थानमा रहे ।
दुवै समूहमा शीर्ष पाँच स्थान हात पार्नेले क्रमशः ५० हजार, ३५ हजार, २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार हात पारे । गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरेको दौडको भेट्रान ५० वर्षमाथि पुरुष ५ किलोमिटरमा धर्म महर्जन पहिलो, अभिनारायण अधिकारी दोश्रो, रेवतबहादुर दाहाल तेश्रो, सानुकाजी महर्जन चौथो र देव महर्जन पाँचौं बने ।
भेट्रान महिला ४५ वर्षमाथि कल्पना महर्जन, महेश्वरी थापा रायमाझी, सावित्रा भण्डारी, ज्ञानी महर्जन र सानु अवाले क्रमशः पहिलोदेखि पाँचौं स्थानमा दौड टुंगाए । पुरुष÷महिलामा पहिलो हुनेले ३० हजार, दोश्रोले २० हजार, तेश्रोले १४ हजार, चौथोले १० हजार र पाँचौंले ७ हजार नगद पुरस्कार जिते ।
कर्पोरेटतर्फ पुरुष ५ किलोमिटरमा ईश्वर बुढाथोकी पहिलो, अनुप केसी कार्की क्षेत्री दोश्रो र तेजबहादुर गिरी तेश्रो भए । सो स्पर्धाको महिलामा रजिना दुलाल शीर्ष स्थानमा रहिन् । कर्पोरेटमा पनि भेट्रान सरहनै नगद पुरस्कार थियो ।
विजेतालाई विशेष फौज बाहिनी, महाराजगञ्जका सहायक रथी दिपेन्द्र गुरुङ, गरिमाका अध्यक्ष दिलिपप्रताप खाँणलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सबै दौड बालुवाटारस्थित बैंकको प्रस्तावित केन्द्रीय कार्यालय परिसरबाट सुरु भइ पुनः त्यही आएर टुंगिएको थियो ।
दौडमा १ हजार ४ सयको सहभागिता रहेको एथलेटिक्स परिवार, नेपालका अध्यक्ष समेत रहेका रेस डाइरेक्टर राजन खत्रीले जनाएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
नेपालले भारतलाई ९२ रनले हरायो
काठमाडौँ । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेस प्रतियोगिताअन्तर्गत आज नेपालले भारतलाई ९२ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा यो नेपालको पहिलो जित हो । जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभर...
त्रिवि क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय त्रिविले आफ्नो स्वामित्वमा रहेको जग्गा फिर्ता लिने प्रक्रिया सुरु गरेसँगै कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको भविष्य संकटमा परेको छ। त्रिविले आफ्नो हाताभित्र रहेको क्रिकेट रंगशालासहितका संरचना ३५ दिनभित...
नर्वेसँग पराजित भएपछि नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
काठमाडौँ । फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ अन्तिम १६को खेलमा नर्वेसँग २,१ गोल अन्तरले पराजित भएसँगै ब्राजिल प्रतियोगिताबाट बाहिरिएको छ। यस स्तब्धपूर्ण हारलगत्तै ब्राजिलका स्टार फरवार्ड नेयमारले भावुक बन्दै अन्तर्राष्ट्रिय फुटबलबाट आफ्नो सन्यासको...
इटालीविरुद्ध नेपालको लज्जास्पद हार
काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटको समूह चरणको दोस्रो खेलमा नेपालले लज्जास्पद हार बेहोरेको छ । नेपालले कमजोर आँकिएको इटालीसँग १० विकेटको हार बेहोरेको हो । पहिलो खेलमा दुई पटकको च्याम्पियन इङ्गल्याण्डमाथि च...
एनपिएलको तयारी पूरा : ३५ करोड उठ्ने क्यानको दाबी
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएलको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । सोमबारदेखि मङ्सिर २७ गतेसम्म हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्यानका महासचिव पारस ख...
सञ्जुको विष्फोटक शतकमा चेन्नईको पहिलो जित,दिल्ली २३ रनले पराजित
काठमाडौँ । इण्डियन प्रिमियर लिग आईपीएलको जारी सिजनमा लगातार तीन हार बेहोरेको चेन्नई सुपर किंग्सले शनिबार राति दिल्ली क्यापिटल्सलाई २३ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ। चेपौक स्टेडियममा भएको खेलमा चेन्नईले प्रस्तुत गरेको २१३ रनको विशाल लक्...



