नेपाल बिमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापा नियुक्त
काठमाडौँ । सरकारले नेपाल बिमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापालाई नियुक्त गरेको छ। अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई अध्यक्षमा नियुक्त गरेको हो।
बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले थापालाई पद तथा गोपनीयताको शपथ गराए। शपथपछि अर्थमन्त्री डा। वाग्लेले नवनियुक्त अध्यक्ष थापालाई बिमा क्षेत्रको श्रेय वृद्धिमा निडर र निर्धक्क भएर काम गर्न निर्देशन दिए।
एक्सप्रेस
सम्बन्धित खबर
कति छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।
यसैगरी, युरोपियन युरो एकको खरिददर १७७ रुप...
मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५२ रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ४०...
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
काठमाण्डौँ । बाँकेको खजुरा गाउँपालिकाले योजनाको काम समयमै सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द गरेको छ । निर्माण कार्यको प्रगति सन्तोषजनक नभएको, लामो समय बितिसक्दा पनि सुधार नदेखिएको तथा काम सम्पन्नतर्फ निर्माण व्यवसायी अग्रसर नभए...
३३.२७ अंकले बढ्यो शेयर बजार, १० अर्ब माथिको कारोबार
काठमाडौँ । बुधबार शेयर बजारमा उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ३३.२७ अंकले बढेर २८६६.८७ विन्दुमा पुगेको छ, जुन १.१७ को वृद्धि हो । आजको कारोबारमा २ करोड ६४ लाख ३८ हजार कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम १० अर्ब ५३ करोड ७० लाख रुप...
नेप्सेमा ९.४३ अंकको गिरावट, ८ अर्ब ९२ करोडको कारोबार
काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ९.४३ अंकले बढेर २७०५.३८ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२४ कम्पनीको २ करोड १६ लाख ४१ हजार ८८३ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९२ करोड ३६ लाखको सेयर कारोबार भएको छ । आज ८२ कम्पनीको सेयर मूल...
कालिका लघुवित्तको १२ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा
काठमाडौँ । कालिका लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको १२ हजार १८४ कित्ता संस्थापक बिक्रीमा राखेको हो । उक्त शेयर खरिदका गर्ने चाहाने जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्ने...


