रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो !
काठमाण्डौँ । रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी सीडीओ श्याम कृष्ण थापाले मृतकको संख्या १२ पुगेको अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार, बस खसेको स्थानमा खोजी गर्दा अहिले ६ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या १२ पुगेको हो ।
सीडीओ थापाका अनुसार, ६ जनाको उपचारका क्रममा अस्पतालमा र ६ वटा शव घटनास्थलमा फेला परेको हो । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो । दुर्घटनामा परेर घाइते भएका ८ जनामध्ये ७ जनालाई धुलिखेल अस्पताल पठाइएको छ ।
आज बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ०३–०१–९९५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको प्रहरीले जनाएको छ । अरनिको यातायात समितिका अनुसार जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट काटेका थिए । बाटोबाट अन्य थप यात्रु चढेनचढेको खुलेको छैन ।
सशस्त्र प्रहरीको गोताखोर टोलीले अहिले पनि खोजी जारी राखेको सीडीओ थापाले बताए । सडकबाट खसेको बस नदीमा डुबेको थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
काठमाडौंका मेयर बालेनलाई पितृशोक
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनका बुवा रामनारायण शाहको निधन भएको छ । अस्वस्थ भएसँगै आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भइ भेन्टिलेटरमा उपचाररत शाहको सोमबार मध्यान्ह निधन भएक...
झिसेमा स्कूल भ्यान दुर्घटना हुँदा २३ विद्यार्थी घाइते
पोखरा । बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाइते भएका छन् । जसमा केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेलाई थप उपचारका लागि अन्यत्र रेफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
घाइते सबैको उद्धार...
कप्तानगञ्ज झडपमा घाइते रवीन्द्रको काठमाडौंमा उपचारका क्रममा निधन, मृतकको संख्या ३ पुग्यो
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको हिंसात्मक झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको उपचारका क्रममा निधन भएको छ। घटनालगत्तै थप उपचारका लागि काठमाडौँ ल्याइएका उनको महाराजगञ्जस्थित त्रिभुव...
फ्लाई दुबईद्वारा पोखराबाट सीधा नियमित व्यावसायिक उडान सुरु
गण्डकी । फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पोखरा दुबई नियमित व्यावसायिक उडान औपचारिक रूपमा सुरु गरेको छ। उडान तालिका अनुसार दुबई अन्तरराष्ट्रिय विमानस्थलबाट उडेको फ्लाई दुबईको बोइङ ७३७ म्याक्स जहाज आज साँझ ६:१९ बजे पोखराम...
मौसम पूर्वानुमान : यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको बताएको छ ।
शुक्रबार सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम...
भारतका विदेश सचिव विक्रम मिश्रीको कार्यकाल एक वर्ष थप
काठमाण्डौँ । भारत सरकारले विदेश सचिव विक्रम मिश्रीको कार्यकाल एक वर्षका लागि थप गरेको छ । भारत सरकारको मन्त्रिपरिषद्ले बुधबार जारी गरेको आदेशअनुसार भारतीय विदेश सेवा आईएफएस १९८९ ब्याचका अधिकारी मिश्रीको सेवा अवधि १४ जुलाई २०२६ पछि एक वर्षका लागि व...



