शनिबार, १७ असोज २०८३
नेपाली

फरक अवतारमा रश्मिका,यस्तो छ 'मैसा'को पहिलो झलक !

Main News Image

काठमाडौँ । दक्षिण भारतीय फिल्म मैसाको पहिलो झलक सार्वजनिक भएको छ । निर्माण पक्षले बुधबार पहिलो झलकस्वरूप टिजर सार्वजनिक गरेको हो । टिजरमा अभिनेत्री रश्मिका मन्दाना यसअघि देखिँदै आएको रोमान्टिक छविभन्दा फरक अवतारमा प्रस्तुत छिन् । उनी गम्भीर भाव र अनुहारमा रगत लतपतिएको अवस्थामा देखिएकी छिन् । दृश्यमा उनी हातमा बन्दुक समातेर लडाइँमा उत्रिएको देखिन्छिन् ।

टिजरले फिल्ममा रश्मिकाको पात्र गम्भीर र शक्तिशाली रहेको संकेत गर्छ। टिजरमा सुनिने भ्वाइस ओभरले रश्मिकाको पात्रको क्रोध र सामना गर्ने दृढताबारे बताउँछ । एक्सन–थ्रिलर फिल्म मैसा रविन्द्र पुल्लेले निर्देशन गरेका हुन् । फिल्ममा रश्मिका मुख्य भूमिकामा देखिँदै छिन । अन्य कलाकारहरूबारे जानकारी सार्वजनिक गरिएको छैन। फिल्म सन् २०२६ मा रिलिज हुने जनाइएको छ ।


mediabaaji add

सम्बन्धित खबर

‘सञ्जोक कार्कीको मेसेजले गर्दा मैले देश छाडेर अस्ट्रेलिया भाग्नु पर्‍यो’ : अभिनेत्री उषा रजक

काठमाडौँ । अभिनेत्री उषा रजकले आफूमाथि भएको निरन्तरको अनलाइन उत्पीडन र मानसिक तनावका कारण देश छोडेर अस्ट्रेलिया जानु परेको दाबी गरेकी छन् । शनिबार फेसबुकमा एक लामो स्टाटस लेख्दै उनले सञ्जोक कार्की नामक व्यक्तिको साइबर ह्यारेसमेन्ट र धम्कीपूर्ण व्य...

बुद्ध र गान्धीको दर्शनबाट उत्प्रेरित कथामा मनोज पण्डितले ‘ग्रेट’ निर्देशन गर्ने

काठमाडौँ । हिंसाको माध्यमबाट के शान्ति प्राप्त हुन्छ ? बुद्ध र महात्मा गान्धीको दर्शनबाट उत्प्रेरित भएर लेखिएको कथामा आधारित चलचित्र ‘ग्रेट’ ले मानिसको महानता के मा हुन्छ भन्ने प्रश्नको उत्तरको खोजी गर्छ । इन्डी फिल्म निर्माणको शैलीमा निर्माण हुने...

लोक गायक कमल बिके निर्मोहीको निधन

काठमाण्डौँ । लोकगायक तथा सञ्चारकर्मी कमल बिके निर्मोहीको निधन भएको छ । केही वर्षदेखि मिर्गौला सम्बन्धी समस्याका कारण अस्वस्थ उनको मंगलबार साँझ निधन भएको हो । गायिका कोमल वलीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै निर्मोहीको निधनबारे जानक...

दुई वर्षपछि फिल्ममा फर्किइन् साम्राज्ञी, एक्का मिस्सी बादशाह घोषणा

काठमाण्डौँ । फिल्म एक्का मिस्सी बादशाहको निर्माण घोषणा गरिएको छ । सञ्जय राईको डेब्यु निर्देशनमा बन्ने फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा रहनेछिन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा निर्माण टिमले कलाकार तथा प्राविधिक टोली सार्वज...

विजय थापाको निर्देशनमा "आँसु बिक्ने सहर" सार्वजनिक

काठमाण्डौँ । गायक तथा निर्देशक विजय थापाको स्वरमा सजिएको नयाँ आधुनिक गीत आँसु बिक्ने सहर सार्वजनिक भएको छ । विजय थापाको आधिकारिक युट्युब च्यानलमार्फत गीत सार्वजनिक भएको हो । 

माया र विछोडको भावनालाई मार्मिक रूपमा प्रस्तुत गरिएको गीतमा श...

दशैंको भावनासँग जोडिएको ‘फर्क ए परदेशी’ सार्वजनिक

काठमाडौँ । नेपालीहरूको महान् पर्व दशैं नजिकिँदै गर्दा परदेशमा रहेका नेपालीलाई घर फर्किन आग्रह गर्ने भाव बोकेको नयाँ गीत ‘फर्क आ परदेशी’ सार्वजनिक भएको छ । दीपक तिरुवा अफिसियलमार्फत सार्वजनिक गरिएको गीतमा लोकप्रिय गायिका शान्ति श्री परियार र दीपक त...