रसुवा भोटेकोशी बाढी : ५४७ शव फेला, २७ प्रहरी अझै सम्पर्कविहीन
काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म ५४७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले २०८३ भदौ १२ गते दिउँसो ३ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रमा ४ हजार ४७३ जना प्रहरी परिचालन गरिएको जनाएको छ।
प्रहरीका अनुसार हालसम्म २७ जना प्रहरी कर्मचारी सम्पर्कविहीन छन्। सम्पर्कविहीनमध्ये एक जना प्रहरी कर्मचारी मृत अवस्थामा फेला परिसकेको प्रहरीले जनाएको छ। फेला परेका ५४७ शवमध्ये चितवनमा सबैभन्दा धेरै २२१, नवलपरासी पूर्वमा १३४, गोरखामा ४४, धादिङमा ४०, नुवाकोटमा ३८, तनहुँमा २९, नवलपरासी पश्चिममा २८ र रसुवामा १३ वटा शव फेला परेका छन्।
त्यस्तै, बाढीबाट प्रभावित १ हजार ४७३ जनाको उद्धार तथा उपचार गरिएको छ। उद्धार गरिएकामध्ये रसुवाका ५७२, नुवाकोटका ८९८ र धादिङका ३ जना रहेका छन् । काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या ९४ जना रहेको प्रहरीले जनाएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
जलविद्युत्को सुरुङभित्र फसेकाहरूको उद्धारको प्रयास जारी
काठमाडौँ । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले दुई दिनदेखि निरन्तर प्रयास गरिरहेको जनाएको छ । उद्धार कार्यअन्तर्गत शनिबार बिहानैदेखि सुरुङको प्रवेशद्वार खोल्ने कामलाई थप तीव्रता दिइएको छ...
नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ युवकको मृत्यु
काठमाण्डौँ । मकवानपुरको हेटौँडामा भएको सवारी दुर्घटनमा दुई युवकको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका १९ बस्तीपुरमा ना ४३ प २२१ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा दुई युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
...



