रवि र बालेन छलफल : रास्वपा, उज्यालो नेपाल र बालेन समूहबीच सहकार्य गर्ने सहमति
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा भएसँगै राजनीति गतिविधिमा सक्रिय भएका छन् । उनले आफ्नो निर्वाचने क्षेत्र चितवनमा कार्यक्रम गरिसकेका छन् भने भदौ २३ र २४ गतेको घटनामा घाइते भएका परिवारका सदस्यसँग समेत भेट गरेका छन् । रविले प्रधाानमन्त्री सुशीला कार्कीसँग पनि भेट गरे । यति बेला रविले आफ्नो रफ्तार बढाएका छन्। उनले आफ्ना सम्पूर्ण गतिविधि निर्वाचन केन्द्रित गरिरहेका छन् ।
यसैबीच सोमबार राति रविले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग लामो भलाकुसारी गरे। रास्वपाका एक जना नेताको घरमा भएको दुई नेताबीचको छलफलका धेरै विषय सार्वजनिक भएका छैनन्। तर उनीहरुबीच सौहार्दपूर्ण र अर्थपूर्ण भेटघाट भएको रास्वपा उपसभापति डिपी अर्याल बताउँछन् ।
स्रोतका अनुसार रवि र बालेनबीच आगामी निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा अर्थपूर्ण छलफल भएको छ। नयाँ शक्तिहरुबीचको सहकार्यबाट मात्रै मुलुकले निकास पाउने निष्कर्ष निकालिएको सो भेटमा दुवै जना आगामी निर्वाचनमा सहकार्य गर्ने विषयमा सहमत भएका छन्।
‘अहिले एक्ला एक्लै चुनावमा जाँदा त्यसको फाइदा पुराना दलहरुले उठाउने भएकाले निर्वाचनमा नयाँ दलहरुबीच सकेसम्म एकता गर्ने, तत्काल एकता सम्भव नभए गठबन्धन गरेर जाने विषयमा मोटामोटी सहमति भएको छ,’ स्रोतले डिसी नेपालसँग भन्यो, ‘सोमबारको भेटले आम जनतामा नयाँ सन्देश प्रवाह गर्ने बाटो तय भएको छ ।’
यसअघि पनि रवि नेतृत्वको रास्वपा, कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी र बालेनको समूहबीच एकता गर्ने तयारी भएको थियो। तर, त्यो बेला कुलमानले एकीकृत पार्टीको अध्यक्षमा आफूलाई दाबी गरेपछि वार्ता निष्कर्षमा पुग्न सकेको थिएन । तर सोमबार रवि र बालेनबीच भएको छलफलपछि यी तीनवटै शक्ति गठबन्धन गरेर चुनावमा जाने विषयमा सकारात्मक भएका छन्। उनीहरुबीच तत्काल एकता गर्ने भन्दा पनि गठबन्धन गरेर जाने विषयमा अर्थपूर्ण छलफल भएको बताइएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
नयाँ मतदातामा निर्वाचनको उत्साह
बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा पनि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्नेको सङ्ख्या उत्साहजनक रहेको पाइएको छ । गत असोज ९ गतेदेखि नामावली सङ्कलन र अद्यावधिक कार्य सुरु भए...
राष्ट्रपति पौडेल आज कतार भ्रमणमा जाँदै
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज कतार भ्रमणमा जाँदैछन् । दोहामा कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन पौडेल कतार जान लागेका हुन् । कतार...
दीपक खड्काको ‘खड्का ल्यान्ड’लाई ७ दिनभित्र बहाल चुक्ता गर्न स्काउटको ‘अल्टिमेटम’
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जामन्त्री दीपक खड्काको कम्पनी खड्का ल्यान्ड प्रालिलाई सात दिनभित्र बहाल चुक्त गर्न नेपाल स्काउटले अल्टिमेटम दिएको छ । युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको नेपाल स्काउट राष...
प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरमा पूजापाठ
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित जानकी मन्दिरको दर्शन गरेकी छन् । निर्वाचन सम्पन्न भएपछि देशका बिभिन्न स्थानको भ्रमणमा निस्किएकी प्रधानमन्त्री कार्कीले शुक्रबार जानकी मन्दिरको दर्शनका साथै पूजा अर्चना गरेकी हुन् । ...
माधव नेपाल र भीम रावलको नाम लिँदै ओलीले भने : स्वस्थ प्रतिस्पर्धा गरौँ
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशनलाई एकता सुदृढ गर्ने अवसरका रूपमा उपयोग गर्न आग्रह गरेका छन् । बिहीबार च्यासलमा बसेको सचिवालय बैठकबारे उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएअनुसार, अध्यक्ष...
जानेर–बुझेर नियतबस खराब काम गर्दिनँ : मन्त्री खरेल
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आफू सरकारमा रहेको अवधिभर जानेर बुझेर नियतबस कुनै खराब काम नगर्ने बताएका छन्।
बिहीबार श्रष्टा सम्मान एवं पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले मन्त्री पदमा बसेको समयम...



