कांग्रेस महाधिवेशनलाई रवि किरण हमालको शुभकामना : ‘युवाको वर्चस्वसँगै संवैधानिक–अर्थराजनीतिक संकट समाधानको नीति बनोस्’
काठमाडौँ । जेनजी अगुवा रवि किरण हमालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका छन्। नेपाली कांग्रेसका सभापति गगन थापासँगको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै हमालले महाधिवेशन भव्य रूपमा सफल होस् भन्दै सभापति थापासहित सम्पूर्ण कांग्रेसजनमा शुभकामना दिएका हुन्। हमालले महाधिवेशनले पार्टीभित्र युवाहरूको वर्चस्व कायम गर्नुपर्ने तथा मुलुकलाई वर्तमान संवैधानिक र अर्थ–राजनीतिक संकटबाट बाहिर निकाल्ने स्पष्ट संकल्प र नीति पारित गर्नुपर्ने बताएका छन्।
उनले लेखेका छन्, “नेपाली कांग्रेसको १५औँ महाधिवेशन भव्य रूपमा सफल होस्। सभापति गगन थापाज्यू लगायत सम्पूर्ण कांग्रेसजनमा शुभकामना। महाधिवेशनले युवाहरूको वर्चस्व कायम गरोस्, संवैधानिक र अर्थ राजनीतिक संकटबाट देशलाई बाहिर निकाल्ने संकल्प र नीति पास गरोस्।”
हमालले पछिल्लो समय राजनीतिक दलहरूको आन्तरिक रूपान्तरणसँगै देशको संवैधानिक तथा आर्थिक–राजनीतिक संकट समाधानका लागि नयाँ पुस्ताको निर्णायक भूमिका आवश्यक रहेको बताउँदै आएका छन्। कांग्रेसको महाधिवेशनलाई उनले युवाको नेतृत्व र वर्तमान राजनीतिक संकटको समाधानका लागि पार्टीले स्पष्ट नीति तथा संकल्प अघि बढाउने अवसरका रूपमा जोड दिएका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
बंगलादेशमा बीएनपीले ल्यायो बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने तय
काठमाडौँ । बंगलादेशमा बिहीबार सम्पन्न आम निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी बीएनपीले बहुमत हासिल गरेको छ। यससँगै पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा एवम् बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित भएको छ । बीएनपी पार्टील...
घोषित मितिमा निर्वाचन सफल बनाउन राष्ट्रपति पौडेलको आह्वान
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी प्रतिनिधिसभा निर्वाचन सफल बनाउन सबै पक्षले आ(आफ्नो स्थानबाट भूमिका निभाउन आग्रह गरेका छन् । शुक्रबार पद्मकन्या बहुमुखी क्याम्पसको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले न...
६ महिनापछि निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री कार्की
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले ६ महिनापछि शान्तिपूर्ण तवरले लोकतान्त्रिक रुपमा निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताएकी छन् । शुक्रबार सिंहदरबारमा विभिन्न कूटनीतिक निकायका प्रमुख तथा राजदूतहरूलाई ब्रि...
कास्की कारागारमा शतप्रतिशत मतदान
काठमाण्डौँ । कास्की कारागारमा कायम गरिएको अस्थायी मतदान केन्द्रमा शतप्रतिशत मतदान भएको छ । कारागारमा ६ सय ९७ जना कैदीबन्दी भए पनि मतदाता नामावलीमा सूचीकृत ३७ जनामात्र मतदानमा सामेल भएका हुन् । मतदान अधिकृत गोविन्द श्रेष्ठका अनुसार बिहान ७ बज...
मिराज ढुंगानाको कार्यालयमा आक्रमण, महिलामाथि हातपात
काठमाडौँ । जेनजी अगुवा मिराज ढुंगानाको कार्यालयमा आक्रमण भएको छ ।
ढुंगानाले सामाजिक सञ्जालमा लेख्दै आफ्नो राजनीतिक अभियानका सञ्चालनका लागि खोलेको कार्यालयमा आक्रमण भएको दाबी गरेका छ...
नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने परराष्ट्रमन्त्रीको प्रतिबद्धता
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका छन् । फाउन्डेसन फर पिस डेभलपमेन्ट एण्ड सोसलिजमले शनिबार काठमाडौंमा आयोजना गरेको ‘काष्ठमण्डप डायलग’मा मन्त्री खनालले नेपाल ‘एक चीन’ सिद्धान्तप्रत...



