चितवन २ मा रवि लामिछाने भारी मतान्तरले विजयी, पुराना रेकर्ड तोडिए
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट पुन: प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। शनिबार सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गरी सानदार जित हासिल गरेका हुन् । यस क्षेत्रमा जम्मा ८७ हजार २८ मत गणना भएको थियो। लामिछानेले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मीना खरेललाई ३९ हजार ८३८ मतान्तरले पछि पारेका हुन् । खरेलले १४ हजार ५६४ मत मात्र पाएकी छिन्।
यसअघि २०७९ को आम निर्वाचनमा लामिछाने यही क्षेत्रबाट ३४ हजार २८१ मतान्तरले विजयी भएका थिए। नागरिकता विवादका कारण पद गुमेपछि २०८० वैशाखमा भएको उपनिर्वाचनमा उनले मतान्तर अझै बढाएर ४२ हजार ९६२ पुर्याएका थिए । यसपटकको निर्वाचनमा पनि लामिछानेले आफ्नो लोकप्रियता कायम राख्दै फराकिलो जित निकालेका हुन्। निर्वाचन परिणाम अनुसार नेकपा (एमाले) का उम्मेदवार अस्मिन घिमिरेले ६ हजार ९९२ मत पाएका छन् भने नेकपाका प्रताप गुरुङले ४ हजार ९६९ मत प्राप्त गरेका छन्।
लामिछानेले अघिल्ला निर्वाचनहरूमा क्रमशः ४९ हजार ३०० र ५४ हजार १७६ मत पाएका थिए। यसपटक ५४ हजार ४०२ मत ल्याएर उनले चितवनमा 'ह्याट्रिक' पूरा गरेका छन्। कांग्रेस र एमालेका उम्मेदवारहरूले पाएको कुल मतभन्दा पनि लामिछानेको मत झण्डै चार गुणा बढी देखिएको छ। अहिले चितवनमा रास्वपाका कार्यकर्ताहरूले विशाल विजय र्यालीको तयारी गरिरहेका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
निर्धक्क भएर फागुन २१ गतेको मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्री अर्यालको आव्हान
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षाका प्रबन्ध मिलाइ सकिएकोले मतदातालाई निर्धक्क भएर फागुन २१ गते मतदान प्रक्रियामा भाग लिन आव्हान गरेका छन् । गृहमन्त्री अर्यालको अध्यक्षतामा बिहीबार बसेको केन्द्रीय...
गृहमन्त्री सुधन गुरूङलाई राजीनामा दिन हर्क साम्पाङको सुझाव
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङले गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिन सुझाव दिएका छन् । काठमाडौंमा सम्पाङले आज पत्रकार सम्मेलन गरेर भने, ‘उहाँको जहिल्यै नयाँ नयाँ सुनिराखिन्छ । त्यस्तो नहुँदा राम्रो हुन्थ्यो। हप्ताक...
कांग्रेस नेता चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुस्न्धान आयोगले चालिसेविरुद्ध आइतबार विशेष अदातलमा मुद्...
निर्वाचन आयोगले तोक्यो राष्ट्रिय सभा निर्वाचनका लागि मतदान स्थल
काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान स्थल र केन्द्र तोकेको छ । आयोगले बुधबार सात वटै प्रदेशका लागि मतदान स्थल निर्धारण गरेको जानकारी दिएको हो । आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका...
कांग्रेस विशेष महाधिवेशनपछि नेतृत्व विवाद, गगन थापाको पक्ष आज निर्वाचन आयोग जाँदै
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापासहितका पदाधिकारी आज निर्वाचन आयोग जाँदैछन् । नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकको निर्णयसहित पार्टी नेतृत्व परिवर्तनको विवरण अद्यावधिक गराउन उनीहरू आयोग जान लागेका...
शनिबार पनि मतदाता नामावली दर्ता जारी
काठमाडौँ । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरु भएपछि नयाँ मतदाताको सङ्ख्या उत्साहजनक रूपमा वृद्धि हुन थालेको छ । सम्बन्धित निर्वाचन कार्यालयमा नामावली दर्ता गराउँदै आएको आयोगले चाप व्यवस्थापन...



