शुक्रबार, ३० असोज २०८३
नेपाली

चितवन २ मा रवि लामिछाने भारी मतान्तरले विजयी, पुराना रेकर्ड तोडिए

Main News Image

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट पुन: प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। शनिबार सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गरी सानदार जित हासिल गरेका हुन् । यस क्षेत्रमा जम्मा ८७ हजार २८ मत गणना भएको थियो। लामिछानेले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मीना खरेललाई ३९ हजार ८३८ मतान्तरले पछि पारेका हुन् । खरेलले १४ हजार ५६४ मत मात्र पाएकी छिन्।

यसअघि २०७९ को आम निर्वाचनमा लामिछाने यही क्षेत्रबाट ३४ हजार २८१ मतान्तरले विजयी भएका थिए। नागरिकता विवादका कारण पद गुमेपछि २०८० वैशाखमा भएको उपनिर्वाचनमा उनले मतान्तर अझै बढाएर ४२ हजार ९६२ पुर्‍याएका थिए । यसपटकको निर्वाचनमा पनि लामिछानेले आफ्नो लोकप्रियता कायम राख्दै फराकिलो जित निकालेका हुन्। निर्वाचन परिणाम अनुसार नेकपा (एमाले) का उम्मेदवार अस्मिन घिमिरेले ६ हजार ९९२ मत पाएका छन् भने नेकपाका प्रताप गुरुङले ४ हजार ९६९ मत प्राप्त गरेका छन्।

लामिछानेले अघिल्ला निर्वाचनहरूमा क्रमशः ४९ हजार ३०० र ५४ हजार १७६ मत पाएका थिए। यसपटक ५४ हजार ४०२ मत ल्याएर उनले चितवनमा 'ह्याट्रिक' पूरा गरेका छन्। कांग्रेस र एमालेका उम्मेदवारहरूले पाएको कुल मतभन्दा पनि लामिछानेको मत झण्डै चार गुणा बढी देखिएको छ। अहिले चितवनमा रास्वपाका कार्यकर्ताहरूले विशाल विजय र्‍यालीको तयारी गरिरहेका छन्।

mediabaaji add

सम्बन्धित खबर

स्थानीय तहको सीमा विवाद समाधान गर्न सरकारले ल्याउँदै नयाँ मापदण्ड

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह र वडाहरूको सीमाङ्कनमा देखिएका जटिलताहरूलाई नीतिगत रूपमै समाधान गर्न नयाँ मापदण्ड तयार गरेको छ । 

सिफारिस एउटा वडाबाट हुने तर जग्गाको भूगोल अर्को वडामा पर्ने जस्ता प्राव...

प्रतिनिधिसभा निर्वाचनका लागि ३ लाख बढी सुरक्षाकर्मी परिचालन

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ३ लाख बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । स्वच्छ, स्वतन्त्र र निश्पक्ष तथा भयरहित वातावरणमा मतदान कार्य सम्पन्न गर्ने उद्देश्यका साथ निर्वाचन सुरक्षा तथा जोखिम व्यवस्थापन समितिको निर्...

जेनजीबिना सम्भव थिएन जनयुद्ध : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनको उद्देश्य सही रहेको बताएका छन् । जेनजीसँग पार्टीको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आजमात्रै एक हजारभन्दा धेरै जेनजी युवालाई पार्ट...

सरकारले आफ्नो लक्ष्य र वाचाअनुसार काम नगरे पार्टीले हस्तक्षेप गर्छौं : सभापति

काठमाण्डौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले सरकारले आफ्नो लक्ष्य र वाचाअनुसार काम नगरे पार्टीले हस्तक्षेप गर्ने बताएका छन् । सरकारको कार्यशैली र स्थायित्वका विषयमा टिप्पणी गर्दै उनले सरक...

उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै साँझ शपथ ग्रहणको तयारी

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले खाली रहेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री पदमा सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दीपककुमार साहको नाम सिफारिस गरेका छन् ।

निवर्तमान उद्योगमन्त्री गौरीकुमारी यादवले बिहीबार दिउ...

बालेन र महेश बस्नेतसँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले रास्वपा वरिष्ठ नेता बालेन शाह, नेकपा एमालेका सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र निकोलस भुसाललाई स्पष्टीकरण सोधेको छ । शाह झापा ५, बस्नेत भक्तपुर २, साम्पाङ सुनसरी १ र भुसाल रूपन्देही २ मा उम्...