डेढ लाख निर्वाचन प्रहरीको भर्ना खुल्दै : १० दिन तालिम दिएर एक महिना खटाइने, पहिलो पटक सशस्त्रले पनि भर्ना लिँदै
काठमाण्डौँ । गृह मन्त्रालयले निर्वाचन प्रहरी भर्नाका लागि मापदण्ड तयार पारेको छ । शुक्रबार नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित बसेर गृहका अधिकारीले निर्वाचन प्रहरी भर्ना र खटनपटनको मापदण्ड तयार गरेका हुन् । शनिबार दुवै प्रहरीले आ–आफ्नो तर्फबाट भर्ना गर्ने जनशक्तिका बारेमा छुट्टाछुट्टै प्रस्ताव गृह मन्त्रालयमा बुझाउने र गृहसचिवले त्यसलाई स्वीकृत गरेसँगै भर्ना प्रक्रियाका लागि बाटो खुला हुनेछ ।
गृह मन्त्रालयबाट स्वीकृत भएसँगै दुवै प्रहरीले भर्ना प्रक्रिया अगाडि बढाउन देशभरका जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिनेछन् । आइतबारसम्ममा गृह मन्त्रालयबाट स्वीकृत गर्ने तयारी रहेको गृहका एक अधिकारीले बताए । ‘अब लगभग सबै कुरा टुंगिएको छ । भोलि र पर्सिमा सबै तयार गरेर प्रहरीलाई पठाउँछौँ । त्यसपछि उनीहरूले आफ्नो कोटा अनुसार भर्ना प्रक्रिया अगाडि बढाउन सक्छन्,’ गृहका एक अधिकारीले भने ।
एक्सप्रेस
सम्बन्धित खबर
प्रहरी महानिरीक्षक कार्की र प्रधान सेनापति सिग्देलबीच शिष्टाचार भेट
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रधान सेनापति अशोकराज सिग्देलसँग भेट गरेका छन् । महानिरीक्षक कार्की शुक्रबार नेपाली सेनाको जंगी अड्डा भद्रकाली पुगेर शिष्टाचार भेट गरेको नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरीले भेटको तस्बिर सार्वज...
डिसेम्बर २५ : आज ‘क्रिसमस डे’ मनाइँदै
काठमाडौँ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।
पवित्र आत्माबाट...
BREAKING : काठमाडौंबाट ओखलढुंगा गइरहेको बस तामाकोशीमा खसेर डुब्यो
काठमाडौँ । काठमाडौंबाट ओखलढुंगाको लागि छुटेको बस तामाकोशी नदीमा खसेर डुबेको छ । प्रहरी चौकी सेलेघाटका अनुसार बस पानीमा चुर्लुम्म डुबेको छ र धेरैको ज्यान गएको हुन सक्ने आशंका गरिएको छ ।
मध्यपहाडी लोकमार्ग : पोखराको हरिचोक–याम्दी खण्ड स्तरोन्नति अन्तिम चरणमा
कास्की । मध्यपहाडी पुष्पलाल लोकमार्गको पोखरा खण्ड हुँदै दैनिक सयौँ यात्रुवाहक तथा मालबाहक सवारीसाधन पोखराबाट देशको पश्चिम भागमा बाहिरिने र भित्रिने गर्दछन् । पाँचथरबाट सुरु हुने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग पोखर...
फेरि हिमपात भयो मुक्तिनाथ क्षेत्रमा
मुस्ताङ । यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा भारी फेरि हिमपात भएको छ । मुक्तिनाथ क्षेत्रमा यस वर्ष चौथो पटक हिमपात भएको हो । मुक्तिनाथ क्षेत्रमा आज दिउँसोदेखि निरन्तर हिमपात भइरहेको मुक्तिनाथ विकास समितिका सहव्यवस्थापक...
२४ घण्टाभित्र देशका विभिन्न ७ स्थानमा आगलागी
काठमाडौँ । सुक्खायाम सुरु भएसँगै देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यही कात्तिक २७ गते बिहानदेखि २८ गते बिहान १० बजेसम्म मात्रै देश...



