आइतबार, ०७ भदौ २०८३
नेपाली

संघीय निर्णय अस्वीकार : कनकासुन्दरी गाउँपालिकामा आइतबार पनि विद्यालय खुल्ने

Main News Image

काठमाडौँ । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुईवटा महत्वपूर्ण निर्णयलाई उल्टाउँदै विद्यालय सञ्चालनसम्बन्धी आफ्नै नयाँ नियम लागू गरेको छ । गाउँपालिकाले संघीय सरकारले तोकेको आइतबारको सार्वजनिक बिदा नमानी वैशाख ७ गतेदेखि नै नियमित पठनपाठन सुरु गर्ने निर्णय गरेको हो ।

कार्यवाहक गाउँपालिका अध्यक्ष प्रेमकली बुढाका अनुसार आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले सामुदायिक विद्यालयहरूमा आइतबार बिदा नगर्ने र निर्धारित समयभन्दा अगावै कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । संघीय सरकारले भने वैशाख १५ देखि भर्ना अभियान सुरु गरी वैशाख २१ गतेबाट मात्रै पठनपाठन सुरु गर्ने र हप्ताको दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

हिमाली जिल्लाको भौगोलिक र मौसमी प्रतिकूलताका कारण संघीय निर्णय अव्यवहारिक भएको गाउँपालिकाको निष्कर्ष छ। जुम्लाका विद्यालयहरूमा पुस र माघ महिनामा गरी कुल ४५ दिन हिउँदे बिदा हुने भएकाले संघीय सरकारको बिदा नीतिले निर्धारित पाठ्यक्रम पूरा गर्न कठिन हुने गाउँपालिकाले जनाएको छ। विद्यार्थीहरूको सिकाइ उपलब्धिलाई सुनिश्चित गर्न स्थानीय आवश्यकता अनुसार यो निर्णय लिइएको सूचनामा उल्लेख छ ।


mediabaaji add

सम्बन्धित खबर

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भूभागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले तराईका अधिकांश स्थानहरू हुस्सु...

भारी वर्षाको जोखिम : २३ जिल्लामा रात्रिकालीन सवारी आवागमनमा रोक

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार र आइतबार भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका २३ जिल्लामा रात्रिकालीन सवारी आवागमनमा रोक लगाएको छ । जल तथा मौसम विज्ञान विभागको...

यती एयरलाइन्सको आजका उडान स्थगित

काठमाडौँ । यती एयरलाइन्सले आज २१ फागुनको सबै उडान स्थगित गरेको छ । प्रतिनिधिसभा निर्वाचन परेकाले उडान स्थगित गरेको जनाएको हो । कम्पनीले सूचना जारी गर्दै आज उडान नहुने बताएको हो । निर्वाचन आयोगले भने यसपालि आन्तरिक उडान निरन्तर राख्ने निर्णय गरेको...

उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ ।

महाशाखाका अनुसार...

देशभरका राजमार्गमा वर्षाको कहर : कान्तिलोकपथ खुल्यो, अरनिको र मेचीसहितका सडक अवरुद्ध

काठमाडौँ । मुलुकभर भइरहेको अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गहरूमा पहिरो जाने, ढुङ्गा खस्ने तथा बाटो हिलो हुने समस्याले यातायात सेवा प्रभावित बनेको छ । नेपाल प्रहरीका अनुसार मकवानपुरको कान्तिलोकपथ भने पहिरो पन्छाएपछि आज बिहानदेखि पूर्ण रूपम...

पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा धमाधम काम

काठमाडौँ । आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको कामलाई तीव्रता दिइएको छ । पोखराको सेती पुलदेखि तनहुँको जामुने जोड्ने उक्त सडकखण्डको भौतिक प्रगति ७७.४७ प्रतिशत र वित्तीय प्रगति ६२.२० प्रतिशत पुगेको छ । उक्त खण...