उच्च पहाडी र हिमाली क्षेत्रमा कार्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
काठमाडौँ । अध्यागमन विभागले कार्तिक १२, १३ र १४ गते पदयात्रा नगर्न र नगराउन आग्रह गरेको छ। विभागले मगंलबार सूचना जारी गर्दै कार्तिक १२ देखि १४ गतेसम्म उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेको उल्लेख गरेको छ।
विभागले पर्यटकहरूलाई उच्च पहाडी र हिमाली क्षेत्रमा नजान र गइसकेको भए उक्त अवधिभर सुरक्षित ठाउँमा रहन अनुरोध गरेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
बिदामा पनि राहदानी विभाग खुला रहने
काठमाडौँ । सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ । विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि सार्वजनिक बिदा भएपनि राहदानी वितरणलगायतका कामका लागि विभाग खुला रहने जनाएको छ ।
सरकारले आज ग्याल्पो ल्होछार र भोलि ब...
BREAKING : काठमाडौंबाट ओखलढुंगा गइरहेको बस तामाकोशीमा खसेर डुब्यो
काठमाडौँ । काठमाडौंबाट ओखलढुंगाको लागि छुटेको बस तामाकोशी नदीमा खसेर डुबेको छ । प्रहरी चौकी सेलेघाटका अनुसार बस पानीमा चुर्लुम्म डुबेको छ र धेरैको ज्यान गएको हुन सक्ने आशंका गरिएको छ ।
आज देशभर मौसम मुख्यतया सफा रहने, एक दुई स्थानमा हल्का वर्षा !
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम मुख्यतया सफा रहनेछ । विभागका अनुसार कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा कोशी प्रदेश, बागमती प्र...


