शुक्रबार, ०२ असोज २०८३
नेपाली

रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि राहत संकलन गर्न काठमाडौं प्रशासनको अग्रह

Main News Image

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले रसुवा, नुवाकोट र धादिङ जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री संकलन गर्न आग्रह गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै कार्यालयले काठमाडौं जिल्लाभित्र रहेका संघ–संस्था, कम्पनी, क्लब, व्यक्ति तथा नागरिकस्तरबाट बाढीपीडितका लागि आवश्यक राहत सामग्री उपलब्ध गराउन इच्छुकलाई सहयोग गर्न आग्रह गरेको हो ।

भदौ १० गते आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायत नदी किनारका क्षेत्रमा ठूलो क्षति पु¥याएको उल्लेख गर्दै प्रशासनले तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा तथा अन्य घरायसी सामग्री संकलन गर्न लागेको जनाएको छ ।

mediabaaji add

सम्बन्धित खबर

१ महिनामा साढे ७ लाख यात्रुले गरे त्रिभुवन विमानस्थलमा आवतजावत

काठमाण्डौँ । अंग्रेजी नयाँ वर्षको पहिलो महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साढे ७ लाख यात्रुले आवागमन गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार जनवरीमा ७ लाख ४८ हजार ७ सय ९६ यात्रु मुभमेन्ट देखिएको हो ।

जसअन...

एकै दिन ३ डिग्री सेल्सियसले घट्यो काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम

काठमाडौँ । काठमाडौं उपत्यकाकाको न्यूनतम तापक्रम ह्वात्तै घटेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज  बिहान ५ः४५ बजेको मापनमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियसमा झर...

आयोगले लियो पूर्वमहानिरीक्षक खापुङको बयान

काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङको बयान लिएको छ । आयोगले बिहीबार सिंहदरबारमा खापुङसँग बयान लिएको हो । उनीमाथि २३ भदौमा अत्यधिक बल प्रयोग गरेको र २४ गते सार्वजनिक...

आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौँ । संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै छ । संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो। त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो। संयुक्त राष्ट्रसंघको महा...

दौरा सुरुवालमा दौडिएर जोशीले लेखाए गिनिज बुकमा नाम

काठमाडौँ । नेपाली मूलका अमेरिकी धावक बाल जोशीले दौरा सुरुवालमा ‘विश्व म्याराथन च्यालेञ्ज’ पुरा गरेर गिनिज बुकमा नाम लेखाएका छन् । जोशीले सात महादेशमा, सात दिन लगातार सञ्चालन भएको सात वटा म्याराथनमा दौरा सुरुवालमा दगुरेर विश्व किर्तिमान कायम गर्दै...

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पक्राउ

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई नियन्त्रणमा लिएको हो । उनलाई पक्राउ गरेसँगै अख्तियारले विशेष अदालतमा मुद्दा दायर ग...