बुधबार, ०४ कात्तिक २०८३
नेपाली

महाकाली नदीको बीचमा फसेका व्यक्तिको उद्धार

Main News Image

काठमाडौँ । महाकाली नदीको बीचमा फसेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ । आज बिहान साढे ७ बजे कञ्चनपुर दोधारा चाँदनी नगरपालिका–४ मालिकास्थित महाकाली नदीको बीच टापुमा फसेका काभ्रेपलाञ्चोक चौरीदेउराली–६ लहरेटोलका ५२ वर्षीय उमेश चौलागाईंको प्रहरीले सकुशल उद्धार गरेको हो ।  बिहान ८ः१० मा उनको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

mediabaaji add

सम्बन्धित खबर

विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस मनाइँदै

काठमाडौँ । विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस नेपालसहित विश्वका विभिन्न देशमा मनाइँदैछ। मधुमेहको जोखिम, रोकथाम र उपचारबारे चेतना फैलाउनु यो दिवसको उद्देश्य हो । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००७...

चैत १९ गतेदेखि २९ सम्म एसईई परीक्षा हुने

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गर्दै उक्त कुरा जनाएको हो । चैत १९ गते पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा स...

त्रिशूली नदीमा दुई मजदुर बेपत्ता, खोजी गर्दै सशस्त्रको गोताखोर

काठमाडौं । सुपर त्रिशूली हाइड्रोपावरमा काम गर्ने दुई जना कामदार त्रिशूली नदीमा बेपत्ता भएका छन् । शनिबार दिउँसो चितवनको इच्छाकामना–४ स्थित कुरिनघाटको झोलुङ्गे पुल नजिकै त्रिशूली नदीमा नुहाउने क्रममा उनीहरु बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा बर्दिय...

प्रधानमन्त्री वालेनले मुक्तिनाथ पुगेर मन्दिरमा गरे दर्शन

मुस्ताङ । प्रधानमन्त्री बालेन्द्र शाहले शनिबार साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको दर्शन गरेका छन् । शुक्रबार काठमाडौँबाट निजी भ्रमणमा निस्किएका प्रधानमन्त्री शाह दिउँसो ३ बजे बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङको जोमसोम आइपुगेका थिए । बेनी(जोमसोम...

आज किराँत समुदायका उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उँधौली पर्व मनाउँदैछन् । किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र लिम्बूहरूले चासोक त...

विश्वविद्यालयको प्रशासनिक ढिलासुस्तीको सजाय विद्यार्थीलाई दिन मिल्दैन : सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले विश्वविद्यालयको आन्तरिक सुस्तता वा प्रशासनिक ढिलासुस्तीका कारण विद्यार्थीले पाउनुपर्ने हक र सम्मानबाट वञ्चित गर्न नमिल्ने भनी व्याख्या गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयले एलएलएम तहमा सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थ...