भोटेकोसी बाढीले नेपाल–चीन सीमास्तम्भ बगाएको ठाउँमा राष्ट्रिय झन्डा पुनर्स्थापना
काठमाण्डौँ । यही भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीले नेपाल(चीन सीमा स्तम्भ बगाएको स्थानमा सरकारले शनिबार भदौ २० गते राष्ट्रिय झन्डा पुनर्स्थापना गरेको छ । प्रधानमन्त्रीको कार्यालयले शनिबार जनाएअनुसार पछिल्लो तीन दिनको निरन्तर प्रयासपछि नेपाली सीमामा राष्ट्रिय झण्डा पुनर्स्थापना गरिएको हो ।
‘भोटेकोसी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण नेपाल(चीन सीमा क्षेत्रमा भौतिक संरचनाका साथै सीमा स्तम्भहरूसमेत बगेको थियो’, प्रधानमन्त्रीको कार्यालयले भनेको छ, ‘पछिल्लो तीन दिनको निरन्तर प्रयासपछि नेपाली सीमामा राष्ट्रिय झन्डा पुनर्स्थापना गरिएको छ। बाढीको प्रभाव र कटान जारी रहेकाले नेपालतर्फबाट सीमा पहिचान गरी झण्डा गाड्न निकै असहज भएको थियो । तर जोखिमपूर्ण अवस्थाका बाबजुद सशस्त्र प्रहरी बल, नेपाल र नेपाली सेनाको समन्वयमा नेपाली सीमा क्षेत्रमा पुनः नेपालको झन्डा फहराइएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
वीरगञ्जको सम्पदा जोगाउन काठमाडौंमा प्रदर्शन
काठमाडौँ । काठमाडौंको माइतीघर मण्डलामा वीरगञ्जको ऐतिहासिक तथा प्राचीन सम्पदा संरक्षणको माग गर्दै विरोध प्रदर्शन गरिएको छ । प्रदर्शनकारीहरूले ‘वीरगञ्जमा डोजर आतंक बन्द गर’, ‘वीरगञ्जको ऐतिहासिक प्राचीन सम्पदा मास्न पाइदैन’ लेखिएका पम्प्लेट बोकेर विर...
नक्कली सर्टिफिकेटले सहायक निरीक्षक हुँदै अनुसन्धान अधिकृत, अहिले अख्तियारको फन्दामा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत ठाकुर प्रसाद केसीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश तथा बढुवा भएको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।<...



