आज पाँच जिल्लामा बाढीको जोखिम, सतर्क रहन आग्रह
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज असार १८ गते पाँच जिल्लामा बाढीको जोमिख रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ । आज कञ्चनपुर, कैलाली, रुपन्देही, कपिलवस्तु, नवलपरासी पश्चिम र आसपासका जिल्ला भई बहने स–साना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह गरेको हो ।
महाशाखाले भोलि शुक्रबार र पर्सि शनिबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश भई बहने स–साना नदीहरूमा बहाब आकस्मिक बढ्न सक्ने पनि पूर्वानुमान गरेको छ । आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहान सतर्कता तहभन्दा तल रहेको महाशाखाले बताएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको पूर्वानुमान
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा आज मौसममा बदली हुने पूर्वानुमान गरेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशका पहाडी भ...
अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
काठमाडौँ । केही दिन यतादेखिको वर्षासँगै आएको बाढी पहिराका कारण अवरुद्ध भएका देशका विभिन्न क्षेत्रका केही राजमार्गमा यातायात सुरु भएका छन् । सोमबार साँझको वर्षासँगैको पहिराका कारण अवरुद्ध भएको ललितपुरको बागमती गाउँपालिका ३ भालुखोलास्थित कान्तिलोकपथ...
बाढीपहिरो प्रभावितको उद्धार र राहत तीव्र बनाउन सरकारसँग रास्वपाको आग्रह
काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो तथा डुबानबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई थप तीव्रता दिन सरकारसँग आग्...
मौसम बदलीले अन्नबाली नष्ट हुन थालेपछि किसान चिन्तित
काठमाडौँ । कैलालीमा पछिल्लो केही दिनयता मौसममा आएको फेरबदलले अन्नबाली नष्ट गरेपछि किसान चिन्तित बनेका छन् । खेतमा गहुँ, मसुरोलगायत अन्नबाली पाकेर भित्र्याउने समय भएकाले मौसम बदलीले नष्ट हुने भन्दै किसान चिन्तित बनेका हुन् ।
कैलालीको कैलारी ग...
सवारी दुर्घटना : क्षतिपूर्ति र उपचार खर्च तिर्न नसके जेल पठाउन मिल्दैन
काठमाडौँ । सवारी दुर्घटनाका पीडितलाई खुवाउनुपर्ने औषधि उपचार खर्च, किरिया खर्च र क्षतिपूर्ति भराउने प्रयोजनका लागि माग गरिएको धरौटी बुझाउन नसकेकै आधारमा अभियुक्तलाई थुनामा राख्नु गैरकानुनी हुने सर्वोच्च अदालतले ठहर गरेको छ । सर्वोच्च अदालतको पूर्ण...
वैशाख १० सम्म तातो लहर चल्ने, उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आगामी वैशाख १० गते बिहीबारसम्म देशका तराई र पहाडका विभिन्न जिल्लाहरूमा तातो दिन तथा तातो लहर अर्थात् हिट वेभको सम्भावना रहेको भन्दै नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
मौसमविद्...



