आइतबार, १८ असोज २०८३
नेपाली

काठमाडौंका नदी तटीय क्षेत्रमा बाढीको जोखिम : करिडोरका सडक प्रयोग नगर्न आग्रह

Main News Image

काठमाडौँ । लगातारको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका मुख्य नदीहरूमा पानीको बहाव उच्च भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकायले नदी तटीय क्षेत्र तथा करिडोरहरूमा निगरानी बढाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक एसपी नरेशराज सुवेदीका अनुसार नदी किनार तथा करिडोर क्षेत्रमा पार्क गरिएका र रोकिएका सवारीसाधनहरू हटाउन अनुरोध गरिएको छ भने जोखिमयुक्त स्थानबाट गाडीहरू हटाउने काम भइरहेको छ । नेपाल प्रहरी, ट्राफिक प्रहरीलगायतका सुरक्षा निकायले संयुक्त रूपमा करिडोर क्षेत्रमा चौबिसै घण्टा निगरानी गरिरहेका छन् ।

विशेष गरी बागमती र विष्णुमती करिडोर क्षेत्रमा बाढीको जोखिम बढेकाले सर्वसाधारणलाई सावधानी अपनाउन र सम्भव भएसम्म करिडोर सडक प्रयोग नगर्न प्रहरीले आग्रह गरेको छ। यसबारे मेट्रो ट्राफिक एफएममार्फत निरन्तर सूचना सम्प्रेषण भइरहेको छ ।

mediabaaji add

सम्बन्धित खबर

आज बिस्का जात्राको दोस्रो दिन : भैरव र भद्रकालीको रथमा विशेष पूजाआजा गरिँदै

काठमाडौँ । बिस्का जात्राको दोस्रो दिन आज भक्तपुरमा धुमधामका साथ मनाइँदै छ । आज दोस्रो दिन भैरव र भद्रकालीको रथमा विशेष पूजाआजा गरिँदै छ । लिच्छविकालदेखि सुरु भएको यो जात्रामा आज स्थानीय बासिन्दाहरूले तौमढीस्थित भैरवनाथ र भद्रकालीको रथमा पूजाआजा गर...

तामाकोसी बस दुर्घटना : प्रशासन-पीडितबीच ८ बुँदे सहमति, पोस्टमार्टम प्रक्रिया अघि बढ्ने

रामेछाप । मन्थली नगरपालिका-६ स्थित तामाकोसी नदीमा मंगलबार भएको यात्रुवाहक बस दुर्घटनापछि उत्पन्न विवाद समाधानका लागि जिल्ला प्रशासन कार्यालय रामेछापमा स्थानीय प्रशासन र पीडित परिवारबीच सहमति भएको छ । सहमति भएसँगै रोकिएको पोस्टमार्टम प्रक्रिया अघि...

चन्द्रागिरिमा महाशिवरात्री विशेष भजन-कीर्तन उत्सवको तयारी तीव्र

काठमाडौँ । महाशिवरात्रीको अवसरमा भोलि आइतबार चन्द्रागिरि भालेश्वर महादेव मन्दिरमा दिनभरि महाशिवरात्रि विशेष भजन उत्सव आयोजना हुँदैछ । भजन–कीर्तन उत्सवका लागि मन्दिर परिसरमा साजसज्जा तथा तयारी तीव्र रुपमा भइरहेको छ ।

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ । २०८३ साल साउन १८ गते सोमबार सन् २०२६ अगष्ट ३ तारिख। साउन कृष्ण पक्षको पञ्चमी तिथि । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ ।

शिवका लागि समर्पित सोमबार...

हिमताल फुट्ने जोखिम घटाउन नेपालमा ५० मिलियन डलरको परियोजना, चार उच्च जोखिमका तालमा निगरानी

काठमाण्डौँ । नेपालले हिमताल विस्फोटबाट हुने बाढीको जोखिम घटाउन ५० मिलियन अमेरिकी डलर बराबरको परियोजना अघि बढाउने तयारी गरेको छ। परियोजनाले चार उच्च जोखिमयुक्त हिमताल ठूलागी, लोअर बरुण, लुम्दिङ त्सो र होङ्गु–२ लाई लक्षित गर्नेछ ।

परियोजनाका ल...

सडक दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

चितवन । स्थानीय गीतानगरमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार अटोरिक्सामा सवार माडी नगरपालिका–७ का ४४ वर्षीय मीनबहादुर खत्रीको च...