सोमबार, ०५ असोज २०८३
नेपाली

कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम

Main News Image

काठमाडौँ ।  हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित छ । यतिबेला लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली ९बादल० रहेको छ भने बाँकी तराई भूभागमा आंशिक बदली रहेको छ ।

 बागमती प्रदेशका थोरै स्थानहरूका साथै कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।  दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

mediabaaji add

सम्बन्धित खबर

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

काठमाडौँ । बैंककस्थित नेपाली दूतावासले कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार गरेको छ। उद्धार गरिएका सबै स्वदेश फर्केका छन् । विभिन्न माध्यमबाट कम्बोडिया पुगेका उनीहरूलाई गैरकानुनी काममा लगाइएको जानकारी प्राप्त भएपछि कम्बोडियाली सरकारको सहयोगमा उद्धा...

वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई अब घरबाटै एनओसी

काठमाडौँ । वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र ‘नो अब्जेक्सन सर्टिफिकेट’ एनओसी लिन सक्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको सानोठिमीस्थित एनओसी शाखाले एनओसी सर्टिफिकेट लाई फेसलेस बनाउन एन...

जलविरे दुर्घटनापछि अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो, ३३ जना घाइते

काठमाडौँ । जलविरेमा दुईवटा बस र एउटा ट्रक ठोक्किएर दुर्घटना भएपछि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खुलेको छ । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाको जलविरेमा आइतबार ९साउन ३० बिहान ७:१० बजे दुई बस र एउटा ट्रक आपसमा ठोक्कि...

डाटा प्याकेज सकिएपछि स्वतः मुख्य ब्यालेन्सबाट रकम काटिने समस्या हट्यो

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका गुनासाहरूका बीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेड नेपाल टेलिकममा सुधारका प्रयास थालिएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाको निर्देशनपछि कम्पनीले...

मौसम पूर्वानुमान : कोशी र गण्डकी प्रदेशमा आंशिक बदली, अन्य स्थानमा सफा रहने

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण कोशी र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नुका साथै पहाडी भूभागमा आंशिक बादल लागेको छ । साथै बाँकी हिमाली तथा पहाडी भूभागमा मौस...

हिमाली भूभागमा वर्षाको सम्भावना, तराई क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । देशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ, कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । देशको पहाडी र हिमाली...