बुधबार, ११ कात्तिक २०८३
नेपाली

आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै

Main News Image

काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय समिति बैठक आजदेखि काठमाडौँमा सुरु हुँदैछ । बिहान साढे ११ बजेदेखि सुरु हुने बैठक दुई दिनसम्म सञ्चालन हुने पार्टीले जनाएको छ । बैठकमा पार्टीको संगठनात्मक अवस्था, आगामी कार्यक्रम तथा महाधिवेशनको तयारीबारे छलफल हुने जनाइएको छ ।

पार्टी महामन्त्री राजेन्द्र गुरुङका अनुसार गत फागुन २१ गते सम्पन्न आन्तरिक निर्वाचनमा उम्मेदवार बनेका सबैलाई बैठकमा आमन्त्रण गरिएको छ। साथै, एकता प्रक्रियामार्फत पार्टीमा समाहित भएका नेताहरूलाई पनि बैठकमा सहभागी गराइनेछ । बैठकअघि बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौँमा महाधिवेशन आयोजना गर्ने कार्यतालिका पारित गरेको थियो ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन का अनुसार कार्यसम्पादन समितिबाट पारित भएका प्रस्तावहरू केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिनेछन् । बैठकले निर्वाचन समितिले तयार गरेको नियमावली तथा निर्देशिकामाथि समेत आवश्यक छलफल गर्नेछ ।


mediabaaji add

सम्बन्धित खबर

आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगजका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फाुगन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सञ्चार माध्यमहरुले आधिकारिक स्रोतलाई मात्र आधार मानेर समाचार एवं सूचनाको प्रवाह गर्न आग्रह गरेका छन् ।

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगामी साता चीन जाँदै

काठमाडौँ । छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी आइतबार मात्र स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनाल अर्को साता उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा जाने भएका छन् ।

नयाँ सरकार गठन भएपछि कूटनीतिक सक्रियता बढाउँदै लगेका मन्त...

चुनावी वातावरण बनाउन सरकार सक्रिय, देउवा, ओली र प्रचण्डसँग छुट्टाछुट्टै छलफल

काठमाडौँ । निर्वाचनको मिति नजिकिएसँगै सरकार चुनावी वातावरण बनाउन सक्रिय भएको छ । शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रमुख तीन दलका शीर्ष नेतालाई भेटेर निर्वाचनका विषयमा छलफल गरे । उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,...

एमालेको ११ औं महाधिवेशनः सचिव पदमा ओली प्यानलका सबै उम्मेदवार विजयी

काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनबाट सचिव पदमा केपी शर्मा ओलीको प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन् । बुधबार आएको अन्तिम मतपरिणाम अनुसार सचिव पदमा सबै जना उम्मेदवारहरू ओलीकै प्यानलकाले जितेका हुन् । जित्ने मध्ये पहिलो नम्बरमा महेश बस्...

बालेनदेखि रवि र कुलमानसम्मलाई एकै ठाउँमा आउन सुदन गुरुङको आह्वान

काठमाडौँ । हामी नेपालका संस्थापक एवम् जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले हर्क साम्पाङ, बालेन शाह, रवि लामिछाने, कुलमान घिसिङ, सुमना श्रेष्ठ र सागर ढकाललगायत व्यक्तिहरूलाई एकै ठाउँमा आउन आह्वान गरेका छन् । उनले गोरखाबाट...

परराष्ट्रमा हाजिर लगाउँछन्, घाम ताप्छन् र घर फर्कन्छन् राजदूतहरू

काठमाडौँ । सरकारले विभिन्न ११ देशबाट फिर्ता बोलाएका राजदूतहरू परराष्ट्र मन्त्रालयमा हाजिरी लगाउँछन् अनि चौरमा घाम तापेर घर फर्कन्छन् । वर्तमान सरकारले गत कात्तिक १७ गते ११ देशका नेपाली राजदूतहरूलाई कात्तिक २० गतेदेखि प...