बिहिबार, १२ कात्तिक २०८३
नेपाली

रास्वपा १७, कांग्रेस पाँच तथा नेकपा दुई र एमाले एक सिटमा निर्वाचित , रास्वपाको अग्रता सय स्थानमा

Main News Image

काठमाडौँ । प्रतिनिधि सभा सदस्यको बिहीबार भएको निर्वाचनमा २५ स्थानको  अन्तिम मतपरिणाम आएको छ । पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १७, नेपाली कांग्रेसले ५, नेपाली कम्युनिष्ट पार्टी नेकपाले २ तथा नेकपा एमालेले १ स्थानमा जित हासिल गरेको छ । 

१६५ स्थानमध्ये रास्वपा १०० स्थानमा अगाडि छ । नेपाली कांग्रेस ९, नेपाली कम्युनिष्ट पार्टी १३ तथा नेकपा एमाले १० स्थानमा अगाडि रहेको छ । त्यस्तै श्रम संस्कृति ५, राप्रपा १, प्रलोपा १ र स्वतन्त्रमा १ स्थानमा अगाडि रहेको छ । 

mediabaaji add

सम्बन्धित खबर

गोरखा–१ मा सुधन गुरूङको अग्रता फराकिलो हुँदै

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेद्वार सुधन गुरूङको अग्रता फराकिलो हुँदै गएको छ । पछिल्लो मत गणना अनुसार उनले ८ हजारभन्दा बढी मतले अग्रता बनाएका छन् ।

गुरूङले २१ हजार ५५० मत प्राप...

गृहमन्त्री भन्छन्_एक रुपैयाँ घुस खाएको थाहा पाए आफैँ एक्सनमा उत्रिन्छु

गोरखा । गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारमा ‘शून्य सहनशीलता’ अपनाउने भन्दै मातहतका कर्मचारीहरूलाई कडा चेतावनी दिएका छन् । शुक्रबार साँझ गोरखास्थित जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरूसँगको भेटमा गृहमन्त्री गुरुङले एक रुपैयाँ घुस खाएको थाहा पाए प...

मतपत्र छपाइ आइतबारसम्म सकिने

भक्तपुर । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ गरिरहेको छ । केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले दै...

रास्वपा विधानमा रातारात हेरफेर : बन्दसत्र बाहिरबाट बुँदा थपिएपछि गम्भीर संशय

काठमाडौँ । असार ७ देखि १२ गतेसम्म  चितवनमा सम्पन्न पहिलो महाधिवेशनमार्फत पारित गरिएको विधानलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० भित्र गम्भीर विवाद र संशय पैदा भएको छ ।

पार्टीले सोमबार आफ्नो आधिकारिक वेबसाइटमा सार्वजनिक गरेको वि...

यात्रा टुगिँदै गर्दा हामी एक हिसाबले खुशी नै छौं : रामकुमारी झाँक्री

काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले सो पार्टीसँगको राजनीतिक यात्रा समाप्त भएको घोषणा गरेकी छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै झाँक्रीले माओवादीसँग एकता गरेसँगै एकीकृत समाजवादी बिघटन भ...

उम्मेदवार र मतदाता भेट्न बिहानै मोरङ पुगे बालेन

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार तथा मतदातासँग भेटघाटका लागि बुधबार बिहान मोरङ पुगेका छन् । बिहानै मोरङ पुगेका शाहले मोरङ १ का रास्वपा उम्मेदवार अधिबक्ता यग्यमानी न्योपानेसहितसँग भेटवार्ता गरेका...